Premier Cables
Premier Steel

मौसम

सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शनिबार, असार २८, २०८२  | बिहान ८:१९ बजे

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) देशभरका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। मनसुनी वायुको प्रभाव र मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले वर्षाको सम्भावना बढेको हो।

विभागका अनुसार, दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। विशेष गरी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा साथै अन्य भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

बिज्ञापन

यसका अतिरिक्त, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ। राति पनि कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विशेष गरी, कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना पनि विभागले उल्लेख गरेको छ।

*** समाप्त ***
Bagmati
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement
Bajaj Premier League

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka