Premier Cables
Premier Steel

राष्ट्रिय

तयार भए बालेन : कार्यपालिका बैठकपछि बजेट पेस गर्ने

नोट: यो समाचार १ महिना अघिको हो

Calendar शुक्रबार, असार २७, २०८२  | अपराह्न १२:३० बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक आज शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ। मेयर बालेन शाहले बैठक आह्वान गरेका हुन्। महानगरका सञ्चार विज्ञ सुरेन्द्र बजगाईंका अनुसार कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समिति र त्यसपछि उपमेयर सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ।

यी बैठकहरू सम्पन्न भएपछि दिउँसो २ बजे कार्यपालिका बैठक बसेर आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट महानगरसभा समक्ष प्रस्तुत गर्ने निर्णय हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

यसअघि मेयर बालेन शाह र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सरोज गुरागाईंबीचको विवादका कारण कार्यपालिका बैठक बस्न नसकेको थियो। यसले गर्दा कानुनले तोकेको असार १० भित्र बजेट ल्याउने समयसीमा महानगरले गुमाएको हो।

स्थानीय सरकार सञ्चालन ऐन र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐन अनुसार सबै स्थानीय तहले असार १० भित्र बजेट पेस गर्नुपर्ने प्रावधान छ। तर, मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंसँग बैठक गर्न नमानेपछि प्रक्रिया अवरुद्ध भएको थियो।

तर पछिल्लो समन्वयपछि आजको कार्यपालिका बैठकमा मेयर शाह र प्रमुख कार्यकारी अधिकृत गुरागाईं दुवै सहभागी हुने भएका छन्। गुरागाईंले बैठक बोलाइएको जानकारी प्राप्त भइसकेको र आफू पनि बैठकमा सहभागी हुने बताएका छन्।

यस बैठकमार्फत लामो समयदेखि अवरुद्ध भएको महानगरको बजेट प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka