Premier Cables

समाचार

झापामा भारतीय मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यू

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार २५, २०८२  | साँझ ७:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापाको बाह्रदशी गाउँपालिका–१ स्थित खैरबारी भित्री सडकमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आमा–छोरा गम्भीर घाइते भएका छन्।

दिउँसो करिब ३ः४० बजे भारतीय नम्बर प्लेट (BR 37 AZ 6440) भएको मोटरसाइकल र प्रदेश नम्बर १–०१–०१६ प ९२७० नम्बरको नेपाली स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। भिडन्तपछि दुवै सवारी चालक गम्भीर घाइते भएका थिए।

विज्ञापन

झापा प्रहरीले दिएको जानकारीअनुसार गम्भीर अवस्थाका घाइतेलाई तत्काल उद्धार गरी भद्रपुरस्थित प्रदेश अस्पताल पुर्‍याइए पनि दिउँसो ४ः४० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
मृतक स्कुटर चालक कचनकवल–३ निवासी ६० वर्षीय श्रीप्रसाद राजवंशी रहेका छन् भने मोटरसाइकल चालकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा स्कुटरमा सवार श्रीप्रसादकी बुहारी २७ वर्षीया उर्मीला राजवंशी र उनका ३ वर्षीय छोरा आयुष राजवंशी गम्भीर घाइते भएका छन्। दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय राजगढबाट इन्स्पेक्टरको नेतृत्वमा टोली खटाइएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka