






काठमाडौं । सेयर बजार मंगलबार बढेर बन्द भएको छ । नेप्से सूचक सूचकमा दिनभर उतारचढाव देखिएपनि अन्ततः सकारात्मक बनेर बन्द भएको हो । सेयर बजार सूचक ३.६१ अंकले बढेर २६८७.६३ विन्दुमा बन्द भएको छ । यस दिन ६ अर्ब ५७ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ । विगत केही दिनको तुलनामा सेयर कारोबार रकममा भने केही कमी आएको हो ।
मंगलबार इन्ट्राडे कारोबारमा नेप्से सूचक करिब २० अंकले घटेपनि अन्तमा हरियो भएर बन्द भएको हो । यसले बजार माथि नै जान खोजिरहेको संकेत गरेको विश्लेषण गरिएको छ । यसअघि सोमबार भने बजार बढेको मौकामा अल्पकालीन कारोबारीहरुले नाफा बुक गर्दा नेप्से सूचकमा दबाब परेको थियो ।
यस दिन ३०४ कम्पनीको १ करोड ५० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५१ करोड ६७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल रिइन्सुरेन्स कम्पनी अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स रहेका छन् ।