Premier Cables
Premier Steel

शेयर बजार

सेयरबजारमा टिकेन हरियाली, सबै समूह राताम्मे

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र १७, २०८२  | अपराह्न ३:५० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक १९ दशमलव ८९ अंकले घटेर २७४१ दशमलव ९७ विन्दुमा झरेको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेर ४ अर्ब ४३ करोड ८२ लाखमा सीमित भएको छ।

बिज्ञापन

हिजो सोमबार ५ अर्ब १० करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएकोमा आज ३२३ स्टकको ८९ हजार ७७५ पटकको कारोबारमा ४ अर्ब ४३ करोड ८२ लाख ५१ हजार रुपैयाँबराबरको १ करोड ५ लाख ३५ हजार कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज हिमस्टार उर्जा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। हिजोदेखि दोस्रो बजारमा कारोबारमा आएको यो कम्पनीको सेयरमूल्य आज २६ रुपैयाँ ७० पैसा बढेर २९४ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ।

कारोबारमा आएको उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक ७.४७ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। यो कम्पनीको २२ करोड ७० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

आज बजारमा २९ कम्पनीको सेयर मूल्य बढेको छ भने २२१ कम्पनीको घटेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka