Premier Cables
Premier Steel

राजनीति

कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, असार २२, २०८२  | साँझ ५:५३ बजे

काठमाडौँ । नेपाली कांग्रेसका ११ केन्द्रीय सदस्यविरुद्ध केन्द्रीय अनुशासन समितिमा उजुरी परेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा आइतबार धारणा राख्दै अनुशासन समिति संयोजक केन्द्रीय सदस्य आनन्द ढुंगानाले समितिमा ११ केन्द्रीय सदस्य, एक प्रदेश सभापति र ७ जिल्ला सभापतिविरुद्ध उजुरी परेको जानकारी दिएका हुन् ।

बिज्ञापन

ढुंगानाले बैठकमा ५० जिल्लाबाट अरू करिब २१ सय जनाविरुद्ध उजुरी परेको पनि जानकारी दिए । उनीहरूविरुद्धअनुशासनको कारबाही माग गर्दै उजुरी परेको ढुंगानाले बताए । ती उजुरीविरुद्ध छानबिन भइरहेको बताउँदै संयोजक ढुंगानाले भने, ‘अनुशासन समितिमा ५० जिल्लाबाट २१ सय उजुरी प्राप्त भएको छ । उजुरी पर्नेमा ११ जना केन्द्रीय सदस्य, एक जना प्रदेश सभापति, ७ जिल्ला सभापतिसमेत छन्, ती उजुरीउपर छानबिन भइरहेको छ ।’

तर, उजुरी परेका केन्द्रीय सदस्य, प्रदेश सभापति, जिल्ला सभापतिसहितका नेताहरू को–को हुन् भन्ने ढुंगानाले खुलाएनन् ।

प्राय: उजुरी गत आम निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेकोलगायत विषयमा रहेको उनले बताए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka