Premier Cables
Premier Steel

कोशी प्रदेश

कांग्रेस नेता अमृत अर्याल भन्छन् : उद्धव थापालाई प्रदेश सभापति बनाएर गल्ती गरिएछ

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar बुधबार, जेठ १४, २०८२  | बिहान ७:४३ बजे

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोसी प्रदेशसभा सदस्य अमृत अर्यालले आफूले गरेको एउटा कामको विषयमा पछुतो भएको बताएका छन् । कन्ट्रोभर्सी र प्रतिबद्ध नभएको जमातमा बस्दा त्यस्तो भएको उनले बताए ।

विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले राजनीतिक जीवनमा धेरै काम गरेको सुनाए । तर, विगतमा आफूले गरेको काममा पनि पश्चात्ताप रहेको सुनाए । राजनीतिक जीवनमा धेरै काम गरेपनि कांग्रेसको पहिलो कोसी प्रदेश अधिवेशनमा गुरु घिमिरेलाई हराएर उद्बव थापालाई जिताएको विषयले अहिले पछुतो भएको बताए ।

बिज्ञापन

आफू दुई पटक मोरङ काँग्रेसको सभापति भएको, दुई पटक केन्द्रीय सदस्य र दुई पटक माननीय भएको भन्दै अहिले रिग्रेट फिल भएको कार्यक्रममै बताए । त्यो कार्यक्रममा कांग्रेस नेता डा. शेखर कोइराला पनि सहभागी थिए । यसअघि अर्याल कोइराला समूहमा थिए । अहिले पुनः फर्किएको बताइन्छ ।

सोही चर्चाकाबीच उनले विराटनगरको राजनीतिक कल्चरमा हुर्किएको राजनीतिकर्मी भएको हुँदा आफू अर्को राजनीतिक कल्चरमा जाँदा फरक अनुभव भएको पनि सुनाए । प्रदेश सांसदको रूपमा अढाई वर्ष अवधि पार गर्दा संसदमा बोल्न पनि नसकेको अर्यालको भनाइ थियो ।

उनले कोशी प्रदेश सरकारमा र प्रदेशसभामा काँग्रेसले डिमोरलाइज भएर काम गर्नु परिरहेको पनि कार्यक्रममा बताए । कांग्रेसले प्रदेशको नामकरणमा पनि एमालेको निर्णयमा भोट हाल्न बाध्य भएको सुनाए ।

‘दलका नेता उद्धवजीलाई हामीले प्रस्ताव गरौँ । कि जातीय पहिचानको पक्षमा उभिनु पर्‍यो कि कोशीको पक्षमा उभिनु पर्‍यो भनेको थिएँ । तर, पछि एमालेले गरेको निर्णयमा भोट हाल्यौँ । यस्तो कन्ट्रोभर्सी, प्रतिबद्ध नभएको जमातमा बस्दा मलाई हीनताबोध पनि भएको छ,’ अर्यालले भने ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka