Premier Cables
Premier Steel

अर्थ

मोरङ व्यापार संघ र टियुबीच साझेदारी: ‘जब प्लेसमेन्ट’मा कोसेढुङ्गा

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार २०, २०८२  | बिहान ८:२७ बजे
Hamro Biratnagar Headlines
Link copied to clipboard

विराटनगर । मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबीच साझेदारी गर्ने समझदारी भएको छ । विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पुर्याउने विषयमा समझदारी गरिएको हो ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा दुई पक्षले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष अनुपम राठी त्रिभुवन तथा विश्वविद्यालयका तर्फबाट प्रा. डा. केदारप्रसाद रिजालले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा संघका महासचिव सञ्जयकुमार श्रेष्ठ र कार्यसमिति सदस्यद्वय डा. बन्दना जैन र गोपाल अग्रवाल तथा त्रिवि व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसको उपस्थिति थियो ।

बिज्ञापन

यो समझदारी अनुसार विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सशक्तीकरणको लागि इन्टर्नशिप, अनुभवजन्य शिक्षा, औद्योगिक भ्रमण, संरक्षकता तथा मार्गदर्शन जस्ता व्यावहारिक स्रोतहरू उपलब्ध गराइने भएको छ ।

यी सबै सेवा मोरङ उद्योग वाणिज्य संघको पहुँचमा रहेका निजी क्षेत्रका उद्योग–व्यावसायिक संस्थाहरू मार्फत गरिनेछ । यसले नेपालमा सीपमा आधारित रोजगारी तथा ‘प्लेसमेन्ट’ को लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्याउने दुवै पक्षले विश्वास व्यक्त गरेका छन् ।

समझदारी अनुसार संघको संस्थागत उद्देश्य पूरा गर्नका लागि त्रिभुवन विश्वविद्यालयले विषयगत विद्यार्थी वा स्रोत व्यक्तिहरू प्रदान गर्नेछ । यसले अनुसन्धान, छलफल, अन्तर्क्रिया तथा प्रतिवेदन तयारी जस्ता कामहरूमा सहयोग पुर्याउने जनाइएको छ । यसैगरी, औद्योगिक, आर्थिक, वातावरणीय नीति, आपूर्ति श्रृंखलाको सुधारमा पनि टेवा पुर्याउने विश्वास दुई संस्थाको छ ।

यसैगरी, दुई पक्षबीच उपलब्ध वा बाह्य स्रोतबाट संकलन गरिएका संकाय सदस्य, विशेषज्ञ वा सम्बन्धित क्षेत्रका विज्ञहरूको अनुभव आदान प्रदान गर्न जनशक्ति उपलब्ध गराइने समझदारी पनि भएको छ । यसले विविध विषयहरूमा देखिएका समस्या समाधान तथा सुधार प्रक्रियामा सहयोग पुर्याउने जनाइएको छ ।

उपलब्ध संकाय सदस्य, विशेषज्ञ तथा विज्ञहरूले सामाजिक, शैक्षिक, औद्योगिक, वैज्ञानिक तथा अन्य सान्दर्भिक विषयमा अनुसन्धान तथा ‘केस स्टडी’ गर्ने छन् । तथ्यमा आधारित निष्कर्ष संकलन, मस्यौदा तयार गर्ने र मोरङ उद्योग व्यापार संघ तथा त्रिविमा प्रकाशित गर्ने छन् ।

यसैगरी, त्रिविले उद्योग, व्यापार, बजार र वातावरणसँग सम्बन्धित समस्याहरूको अनुसन्धान, अध्ययन, पहिचान र प्रसारण गर्नका लागि विषयमा आधारित विद्यार्थीहरू तथा स्रोत व्यक्तिहरू उपलब्ध गराउने छ ।

निजी क्षेत्रको पहिलो व्यावसयिक संस्था मोरङ उद्योग व्यापार संघमा ६ सयभन्दा बढी उद्योगहरू आबद्ध भएकाले यसको आफ्नै व्यावसायिक सञ्जाल विस्तार भएको छ । यसैगरी, समझदारीअनुसार कार्यक्रम सञ्चालन गर्न संघले अन्य उद्योग वाणिज्य संघहरूसँग पनि समन्वय र सहकार्य गर्ने अध्यक्ष राठीले बताए ।

यसले त्रिविका विद्यार्थी तथा संकाय सदस्यहरूलाई आवश्यकता अनुसार औद्योगिक भ्रमणको व्यवस्था, उद्योग विशेषज्ञहरूसँग अन्तर्क्रिया, व्यवस्थापन सम्बन्धी ज्ञान आदानप्रदान गर्नेछ ।

यस्तै, सिकाइ अनुभवमा वृद्धिको अवसर, सीप विकास, रोजगारीको सम्भाव्यता, अनुसन्धान, संवाद, सञ्जाल निर्माण तथा उद्योगसम्बन्धी समस्या पहिचान गरी तिनको समाधान गर्न आपसी सहयोगमा पहल गर्ने समझदारी पनि भएको अध्यक्ष राठीले जानकारी दिए ।

संघका अनुसार समझदारीको मुख्य उद्देश्य अनुसन्धान, अध्ययन, तथ्य, तथ्यांक तथा सरोकारवालासँगको छलफलको आधारमा व्यवसाय, उद्योग, वातावरणसम्बन्धी समस्याहरू सम्बन्धित सरकारी निकायहरूमा प्रस्तुत गर्नु हो ।

यसले उद्योग–शिक्षा सम्बन्धी अनुसन्धान तथा वातावरणीय प्रयोगशाला विश्लेषणसमेत गर्ने संघको भनाइ छ । त्रिविले आफ्नो विद्यार्थी तथा संकाय सदस्यहरूलाई अनुसन्धान गतिविधिमा संलग्न गराउने भएको छ । संकाय सदस्यहरूले विद्यार्थीहरूलाई आवश्यक परामर्श दिनेछन् ।

उल्लेखित उद्देश्य पूरा गर्नका लागि संघले समस्या समाधानमा संलग्न टोलीलाई विशेषज्ञता उपलब्ध गराउने छ । उल्लेखित उद्देश्यका लागि दुवै संस्थाले आफ्ना प्रयोगशाला सुविधाहरू उपलब्ध गराउने पनि सहमति गरिएको छ । संघका अध्यक्ष राठीले उक्त समझदारीपत्रको अवधि पाँच वर्षको हुने जानकारी दिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka