Premier Cables
Premier Steel

विराटनगर

दरैयामा विराटनगरकी उपमेयर र कर्मचारीले धान रोपाइँ गरी मनाए असार १५

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | अपराह्न २:२३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर। २२औं राष्ट्रिय धान दिवसको अवसरमा विराटनगर महानगरपालिकाले सामूहिक धान रोपाइँ कार्यक्रम आयोजना गरेको छ।

महानगरको कृषि तथा पशुपंक्षी विकास शाखाले विराटनगर वडा नम्बर १६ स्थित दरैयामा आयोजना गरेको यस कार्यक्रमको शुभारम्भ उपमेयर शिल्पा निराला कार्कीले गरेकी थिइन । स्थानीय दरैहिया कृषि सहकारी संस्थाको सहयोगमा आयोजित कार्यक्रममा उपमेयर कार्कीसहित प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे ९वडा नम्बर १९ का अध्यक्ष०, वडा नम्बर १६ का अध्यक्ष उद्धव भुजेल, वडा नम्बर १० का अर्जुन गिरी, आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौला, नगर प्रहरी प्रमुख राजन पौडेल र कृषि तथा पशुपंक्षी विकास शाखाका प्रमुख हिरालाल यादव लगायतका अधिकारीहरूले सामूहिक धान रोपाइँमा सहभागी भएका थिए ।

बिज्ञापन

कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले आन्तरिक उत्पादनलाई बढाउन र आयातलाई प्रतिस्थापन गर्नुपर्नेमा जोड दिइन । उनले धानको खपत बढ्दै गएको र नेपाल अझै पनि धानमा आत्मनिर्भर नभएकोमा चिन्ता व्यक्त गरिन । उपमेयर कार्कीले असार १५ को महत्व र धान उत्पादनमा आत्मनिर्भरता सुनिश्चित गर्न आवश्यक भएको पनि औंल्याइन ।

धान रोपाइँपछि, सहभागीहरूले दही र चिउरा खाएर खुसी साटासाट गरे। महानगरले हरेक वर्ष असार १५ गते सामूहिक धान रोपाइँ कार्यक्रम आयोजना गर्दै आएको कृषि शाखा प्रमुख यादवले जानकारी दिए । गत वर्ष यो कार्यक्रम वडा नम्बर १९ को घिनाघाटमा सम्पन्न गरिएको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka