Premier Cables
Premier Steel

समाचार

बुढीगंगाको बोर्डिङ स्कुल स्मृतिले पनि धान दिवस मनायो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | अपराह्न २:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । असार १५ लाई पछिल्लो दिन सरकारले धान दिवसको रूपमा मनाउँदै आएको छ । सरकारी क्षेत्रबाट मात्रै विभिन्न सङ्घ संस्था र निजी क्षेत्रबाट समेत धान दिवसलाई भव्य रूपमा मनाउँदै आएका छन् । त्यस्तै भव्य रूपमा धान दिवस बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा रहेको स्मृति इङ्लिस बोर्डिङ स्कुलले पनि मनाएको छ।

आइतबार एक कार्यक्रमको आयोजना गरी धान दिवस मनाएको हो । २२ औँ धान दिवसमा विभिन्न कार्यक्रम आयोजना गरियो । स्मृति बोर्डिङ स्कुलले आयोजना गरेको धान दिवसमा अघि अघि पञ्चेबाजा, पछिपछि बेठी सहितका रोपाहारहरू । त्यसको पछि लग्दै विद्यार्थी, शिक्षक र अभिभावकहरू बुढीगंगा ३ मा रहेको पानी ट्याङ्की नजिकैको खेतका गराहरूमा भरिन्छन् ।

बिज्ञापन

एकातर्फ असारे भाखा घन्किँदै थियो भने अर्को तर्फ कोही बिउ काढ्दै, कोही गोरु जोत्दै त कोही बाउसे गर्दै थियो । विद्यार्थीहरू हिलो छ्यापाछ्यापमा व्यस्त देखिन्थे । हिलो छ्यापाछ्याप गर्दै रमाएका विद्यार्थीहरूलाई उनीहरूको अभिभावक र शिक्षकले धान रोपाइँमा असारे गीतको रन्कोले थप ऊर्जा भरेको थियो ।

दिवसलाई भव्य बनाउन बालबालिकादेखि गाउँभरिबाट भेला भएर अभिभावकहरूको समेत सहभागिता भएको थियो । बिहानभरि धान रोपाइँमा लागेका विद्यार्थीहरूलाई खाजाको रूपमा विद्यालयले असारे १५ मा खाइने दही, चिउरा, आँप तथा केरा व्यवस्था गरेको थियो । विद्यालयका प्रधानाध्यापक रिता न्यौपानेले कृषिमा हराउँदै गएको मौलिकताको जगेर्ना गर्नकोलागि उत्सवकै रूपमा विद्यार्थीहरूलाई धान दिवसमा सहभागी गराएको बताइन् ।

‘हामीले हाम्रा बालबालिकालाई हाम्रो मौलिकता सिकाउन आवश्यक थियो,’ न्यौपानेले भनिन्, ‘हामी कृषि प्रधान देश तर हाम्रो कृषिको मौलिकता नै हराएको अवस्थामा असार पन्ध्रले भएपछि केही अनुभूति दिलाउन खोजेका हौँ ।’ विद्यार्थीहरूले नेपाली पहिरनमा धान रोपाइँको लागि बोलाएको थियो । विद्यालयले बालबालिकालाई लक्षित गरेर हरेक पर्व, दिवस तथा कार्यक्रमहरूमा विद्यार्थीलाई नै सहभागी गराउँदै आएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka