Premier Cables
Premier Steel

कोशी प्रदेश समाचार

मुख्यमन्त्री कार्की भन्छन् : ‘किसान पहिलो’ अभियान प्रदेशको जोड

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार १५, २०८२  | बिहान १०:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले “किसान पहिलो” भन्ने अभियानका साथ काम गरिरहेको बताएका छन्।

राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपालीको मौलिक परम्परासँग गाँसिएको यो दिनलाई विशेष महत्वको दिनका रूपमा चिनाए।

बिज्ञापन

मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गम्भीर असर परेको उल्लेख गर्दै अबको खेती प्रणाली मौसमीय परिवर्तनलाई ध्यानमा राखी हुनुपर्नेमा जोड दिए। “कृषिमा दीर्घकालीन सुधार ल्याउन हामीले किसानलाई प्राथमिकतामा राख्नैपर्छ,” उनले सन्देशमा उल्लेख गरे।

उनका अनुसार कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राखेको छ। वैदेशिक रोजगारी र आन्तरिक बसाइँसराइका कारण कृषि क्षेत्रमा जनशक्ति अभाव देखिएको भन्दै उनले यसतर्फ समयमै ध्यान दिन आवश्यक रहेको बताए।

“समृद्ध नेपाल, सुखी नेपाली” भन्ने राष्ट्रिय लक्ष्य पूरा गर्न पनि कृषि क्षेत्रलाई मजबुत बनाउनुपर्ने मुख्यमन्त्री कार्कीको धारणा छ।

धान दिवसकै अवसरमा आज विराटनगरमा आयोजित धान रोपाइँ कार्यक्रममा सहभागी भएका मुख्यमन्त्री कार्कीले आफैं धान रोप्दै उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिए।

उनले उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै कृषिमैत्री नीति अवलम्बन गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka