Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी प्रदेशमा २ लाख ४६ हजार ६५ हेक्टर क्षेत्रमा धान रोपाईं

नोट: यो समाचार २ महिना अघिको हो

Calendar बुधबार, साउन २१, २०८२  | अपराह्न २:०९ बजे

विराटनगर । कोसी प्रदेशमा २ लाख ४६ हजार ६५ हेक्टर क्षेत्रमा धान रोपाईं भएको छ । साउने खडेरीका कारण कतिपय स्थानमा रोपाईं नै हुन सकेको छैन ।

कोसी प्रदेशको उद्योग कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारीअनुसार साउन १८ गतेसम्म ८९.३ प्रतिशत भू–भागमा धान रोपाईं सकिएको छ । यो वर्ष करिब ६ प्रतिशत कम रापाई भएको मन्त्रालयले जनाएको छ । अघिल्लो वर्ष यही अवधिमा ९५.१ प्रतिशत क्षेत्रमा रोपाईं भई सकेको थियो । २ लाख ७६ हजार ३८६ हेक्टर खेतीयोग्य जमिनमध्ये २ लाख ४६ हजार ६५ हेक्टरमा रोपाईं भएको हो ।

बिज्ञापन

मन्त्रालयका वरिष्ठ अधिकृ पशुपति पोखरेलले पानी नपरेकोले । आइतबारदेखि परेकोले यो बढ्न सक्ने बताए । उदयपुरतिर शुरु भएको छ । जुटको उत्पादन खेती गरेको ठाउँमा साउन अन्तिमसम्म हुन्छ । ८ देखि ९ प्रतिशत हुने । सिचाईंको अभावले समयमै रोप्न नसेकेको बताएका छन् ।

कोसीका पहाडी भेगमा ७५ प्रतिशतसम्म रोपाईं भई सकेको छ । ओखलढुंगामा शतप्रतिशत भएको छ । तेह्रथुममा सबैभन्दा कम ६६ प्रतिशत मात्र रोपाईं भएको छ ।

पानी नपरेकोले यो पटक कोसीमा धान उत्पादन घट्ने किसानहरुको चिन्ता छ । तर, आइतबारदेखि लगातार पानी पर्न थालेकोले बाँकी रहेको भू–भागमा निरन्तर रोपाईं हुने अपेक्षा गरिएको अतिधृत पोखरेलले बताए । उनले भने,

सनपाट लगाइएको खेतहरुमा साउन अन्तिमदेखि रोपाईं हुने गरेकोले अझै बढ्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka