Premier Cables
Premier Steel

कोशी प्रदेश

झापामा हात्ती आतङ्क : मानिस र हात्ती मर्ने दर बढ्यो

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार १३, २०८२  | अपराह्न १२:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

बिर्तामोड । झापामा मानव–हात्ती द्वन्द्वले गम्भीर रूप लिएको छ। पछिल्ला १५ वर्षमा हात्तीको आक्रमणबाट ७२ जनाले ज्यान गुमाएका छन् भने ९२ जना घाइते भएका छन्। सोही अवधिमा २५ वटा हात्ती पनि मृत फेला परेका छन्।

डिभिजन वन कार्यालय झापाका अनुसार सन् २०६७ यता सात जना गैरनेपाली नागरिकसमेत हात्तीको आक्रमणमा परी मारिएका छन्। २०८१ सालको साउनदेखि हालसम्म मात्रै पाँच जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। तथ्यांकअनुसार औसतमा हरेक वर्ष पाँच जनाको ज्यान जाने गरेको छ।

बिज्ञापन

हात्ती नियन्त्रण यथावत्
मानव–हात्ती द्वन्द्व कम गर्न विद्युतीय तारबार, जैविक मार्ग निर्माण, वनभित्र फलफूलका बिरुवा रोपण र नियमित गस्ती जस्ता उपाय अपनाइएका छन्। तर ‘फरेष्ट एक्सन नेपाल’का डा. लिलानाथ शर्माका अनुसार यी उपाय पर्याप्त छैनन्।

“हात्तीको प्राकृतिक बासस्थानमै खाद्य स्रोतको व्यवस्था, जैविक मार्ग निर्माण र हात्तीमैत्री वातावरण बिना द्वन्द्व न्यून हुँदैन,” डा. शर्माले बताए।

भारतबाट आउंछन,मकै खान्छन्
डिभिजन वन कार्यालयका डा. सुमन भलका अनुसार मकै उत्पादन हुने समयमा भारतबाट समेत हात्तीको हुल झापामा पस्ने गर्छ। मकैप्रति हात्तीको आकर्षण उच्च हुने भएकाले द्वन्द्वको जोखिम यो समयमा झनै बढ्ने गरेको छ। साथै, वन अतिक्रमण र मानव बस्तीको वनतर्फ विस्तारले समस्या थप गहिरो बनाएको छ।

हात्ती मृत्युदर बढ्दो
२०६२ सालदेखि अहिलेसम्म झापामा २५ वटा हात्ती मृत अवस्थामा फेला परेका छन्। पहिले वर्षमा एक-दुई हात्ती मात्र मर्थे भने पछिल्ला वर्षहरूमा यो दर तीव्र गतिमा बढेको छ। २०८० साउनदेखि २०८१ असारसम्म चार हात्ती मरेका छन् भने चालु आर्थिक वर्षमा पनि चार हात्तीको मृत्यु भइसकेको डिभिजन वन कार्यालयले जनाएको छ।

राहत रकमको भार बढ्दै
सरकारले २०६८/६९ सालदेखि हालसम्म झापा क्षेत्रमा हात्ती पीडितलाई कूल ९ करोड ६८ लाख ४७ हजार रुपैयाँ राहत प्रदान गरिसकेको छ। ज्यान गुमाउनेका परिवारलाई प्रति व्यक्ति १० लाख, घाइतेलाई अधिकतम दुई लाख, तथा पशु, अन्नबाली र संरचनामा भएको क्षतिको आधारमा राहत दिइएको हो।

यद्यपि, अझै पनि ५२५ जना वन्यजन्तु पीडित राहतको पर्खाइमा छन्।

विज्ञहरूका अनुसार यो समस्या केवल राहत वा तारवारले मात्र समाधान नहुने भएकाले दीर्घकालीन रूपमा वन सुधार, जैविक सन्तुलन र हात्तीको बासस्थान संरक्षण अपरिहार्य भएको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa