Premier Cables

समाचार

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र २८, २०८३  | साँझ ४:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

महेन्द्रनगर, २८ भदौः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा घर भत्काएको छ ।

जङ्गली हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–८ का सूर्य चौधरी र महेश नेपालको घर भत्काएको स्थानीय निरज जप्रेलले जानकारी दिनुभयो । हात्तीको बथान अहिले पनि गाउँ नजिकैको बैजनाथ सामुदायिक वनमा रहेको उहाँले बताउनुभयो ।

विज्ञापन

हात्तीले बस्तीमै पसेर घर भत्काउन थालेपछि स्थानीयबासी त्रासमा छन् ।

डिभिजन वन कार्यालय कञ्चनपुरका वन अधिकृत लक्ष्मीराज जोशीले स्थानीय प्रशासनसितको समन्वयमा हात्ती भएको क्षेत्रमा निगरानी बढाइएको बताउनुभयो । हात्ती धपाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र सुरक्षा निकायसित समन्वय गरिरहेको उहाँको भनाइ छ । डुबेर बालकको मृत्यु यसैबीच कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु गएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले नहरमा डुबेर बेदकोट नगरपालिका–३ दैजीका आठ वर्षीय शाहिल ओखेडाको मृत्यु भएको बताउनुभयो । नहरमा नुहाउने क्रममा उनको बुडेर मृत्यु भएको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka