Premier Cables
Premier Steel

समाचार

शौचालय गएका बेला जंगली हात्तीको आक्रमणमा परी मृत्यु

नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार १९, २०८२  | बिहान ९:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापाको बिर्तामोड नगरपालिका–७ फक्तालुङ्गमा जंगली हात्तीको आक्रमणमा परेर एक व्यक्तिको मृत्यु भएको छ।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ३ः४५ बजे शौचालय जान घरबाहिर निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बूलाई हात्तीले आक्रमण गरेको प्रारम्भिक अनुसन्धानमा खुलिएको छ।

बिज्ञापन

झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले लिम्बूको घटनास्थलमै मृत्यु भएको जानकारी दिए।

हात्तीले आक्रमण गरेपछि दक्षिणतर्फ गएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa