Premier Cables

शेयर बजार

चार दिनपछि शेयर बजारमा सुधार, नेप्से २६ सयमाथि उक्लियाे

Calendar सोमबार, असार ०९, २०८२  | साँझ ६:४१ बजे

काठमाडौं । सेयर बजारमा ४ दिनको लगातार गिरावटपछि सोमबार केही सुधार देखिएको छ । नेप्से सूचक सोमबार ८.१३ विन्दुले बढेर २६०४.११ अंकमा आएको छ ।

नेप्से २६ सयको मनोवैज्ञानिक विन्दुभन्दा माथि बन्द भएको हो । सेयर कारोबार रकममा भने गिरावट आएको छ । सोमबार ६ अर्ब ४७ करोड रुपैयाँभन्दा बढीको मात्र कारोबार भएको छ ।

बिज्ञापन

दुई वटा कम्पनी सकारात्मक सर्किट लेबलमा र एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । विगत केही समयदेखि नै कमजोर अवस्थामा रहेको बजारमा कम्पनीहरुको भाउ निकै सस्तो भएपछि खरिदकर्ता केही आकर्षित भएका हुन् । यद्दपि, असार मसान्त नजिकिँदै जाँदा लगानीकर्ता केही निष्कृय बनेका छन् ।

मसान्त नजिकिँदै जाँदा लगानीकर्ताहरुलाई बैंकको साँवा ब्याज भुक्तानीको चटारो पर्ने गर्दछ । जसको असर बजारमा पनि देखिन्छ । अर्कोतर्फ, आगामी आर्थिक वर्षको मौद्रिक नीति र सूचीकृत कम्पनीको वित्तीय विवरण पनि आउने बेला पनि नजिकिएको छ । तसर्थ, कतिपय लगानीकर्ताले अहिले पर्ख र हेरको रणनीति बनाइरहेको देखिन्छ ।

यस दिन ३ सय २५ कम्पनीको १ करोड ७५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५२ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर र ङादी ग्रुप पावर परेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो