काठमाडौं । आइतबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । नेप्से ३०.०२ अंकले घटेर २ हजार ५६६.०९ विन्दुमा झरेको हो ।
आइतबार सेयर बजारमा ३२३ कम्पनीका सेयर कारोबार भएका छन् । कुल १ करोड ६ लाख १९ हजार १८० कित्ता सेयर ४७ हजार २६८ कारोबारबाट ४ अर्ब ९० करोड ७६ लाख २४ हजार रुपैयाँमा किनबेच भएको छ ।
कारोबार रकम विहीबारको तुलनामा कमी हो । विहीबार ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार रुपैयाँ बराबरका सेयर कारोबार भएका थिए । आइतबार सेयर बजारमा सूचीकृत सबै समूहका परिसूचकमा गिरावट आएको छ ।
सबैभन्दा धेरै वित्त समूहको परिसूचक २.९१ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक समूहको परिसूचक १.८१ प्रतिशतले ओरालो लाग्दा लगानी समूहको परिसूचकमा १.५५ प्रतिशतको गिरावट आएको छ ।
आइतबार दरमखोला हाइड्रो इनर्जी, माविलुङ इनर्जी तथा सागर डिस्टिलरीका सेयरधनीले सबैभन्दा बढी कमाएका छन् ।
सबैभन्दा बढी गुमाउनेमा भने उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स तथा मानुसी लघुवित्त वित्तीय संस्थाका सेयरधनी रहेका छन् ।

