Premier Cables
Premier Steel

राजनीति

मधेशी दल : मोर्चा बनाए, सुस्ताए !

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असार ०६, २०८२  | बिहान ७:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । मधेशकेन्द्रित सात राजनीतिक दलले गत चैतमा घोषणा गरेको संघीय लोकतान्त्रिक मोर्चा पुनः सुस्ताएको छ ।

सत्तारूढ मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन प्रणालीमा संशोधन र थ्रेसहोल्ड बढाएर संसद्‍मा दलको संख्या घटाउनुपर्ने बहस चलाएपछि मधेशकेन्द्रित दलहरूले मोर्चाबन्दी गरेर पुनः एक भएर अगाडि बढेको सन्देश दिएका थिए । तर, पटक(पटक विभाजनबाट गुज्रँदै आएका उनीहरूको मोर्चा यसपटक पनि अलमलको अवस्थामा पुगेको छ ।

बिज्ञापन

सत्तारूढ प्रमुख दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन प्रणालीमा संशोधन तथा थ्रेसहोल्ड बढाएर संसद्‍मा दलहरूको संख्या घटाउनुपर्ने बहस चलाएपछि मधेशकेन्द्रित दलहरू एकाएक जुर्मुराए ।

पटक(पटक विभाजित हुँदै एकअर्काका कटु आलोचक बनेका उनीहरूले गत चैत २२ गते संघीय लोकतान्त्रिक मोर्चाको घोषणा पनि गरे । तर, अहिले मोर्चाको उपस्थिति खासै कतै देखिँदैन ।

सत्तारूढ दलदेखि राजावादीसम्मका गतिविधिबाट जनतामा उच्च निराशा देखिएको भन्दै सामूहिक शक्तिसाथ खबरदारी गर्न मोर्चाबन्दी गरिएको दावी नेताहरूले गरेका थिए । तर उनीहरूले न संसद्‍मा बलियो उपस्थिति देखाउन सकेका छन् । न त सदनबाहिर देखिनेगरी मोर्चाका गतिविधि सञ्चालन गरेका छन् ।

मोर्चामा रहेका दलहरू कोही सत्तापक्षमा त, कोही प्रतिपक्षमा छन्, जसले गर्दा मोर्चा प्रभावकारी देखिएको छैन् । नेताहरूले भने आन्तरिक रणनीति बनाइरहेको दावी गरेका छन् । सत्तारुढ दलले संविधान संसोधनको विषय अगाडि नबढाएका कारण पनि मोर्चाको गतिविधि बाहिर नदेखिएको उनीहरूको तर्क छ ।

मोर्चामा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, राजेन्द्र महतोको राष्ट्रिय मुक्ति मोर्चा, सीके राउत नेतृत्वको जनमत, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील, रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति र वृषेशचन्द्र लाल नेतृत्वको तमलोपा छन् ।

प्रत्येक दलबाट तीन(तीन जनाको प्रतिनिधित्व हुनेगरी २१ जनाको मूल समिति बनाइएको छ भने ७ जनाको सचिवालयसमेत गठन गरिएको छ । समितिको बैठक बैठक कहिलेकाही बसे पनि ठोस कार्यक्रम र योजना तय गर्न सकिरहेका छैनन् ।

मधेशकेन्द्रित दलले राज्य पुनसंरचनाको सवालदेखि संविधानको विरोधसम्मका लागि पटक(पटक मोर्चाबन्दी र एकता गर्दै आएका छन् । तर, न एकता टिकेका छन्, न मोर्चा । मधेसमा कमजोर हुँदै गएका मधेसवादी दल पछिल्लो पटक संविधान संसोधनको मुद्दाले नजिकिए पनि मोर्चाबन्दीले अझै आकार लिन सकेको छैन । केटिभी

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka