Premier Cables
Premier Steel

कोशी प्रदेश

धरानमा मेयर र उपमेयरबीचको विवाद समाधान हुने छाँट देखिएन्

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०५, २०८२  | बिहान ७:२६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान । सुनसरीको धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाबीचको विवाद समाधान हुने छाँट देखिएको छैन । चार दिनदेखि धरानमा विवाद छ ।

श्रमदानको नाममा गरिएका कामको हाजिरी उठाएर रकम माग गरिएको भन्दै उपमेयरले रोक लगाएको विषयलाई लिएर उत्पन्न विवादले नगरपालिका परिसर फेरि तनावग्रस्त बनेको हो।

बिज्ञापन

सोमबार उपमेयर बेघामाथि हातपात प्रयास भएको एक दिनपछि, मङ्गलबार बिहान ११ बजे मेयर समर्थक ुश्रमदाताु समूह फेरि उपमेयरको कार्यकक्षमै घेराउ गर्न पुगेका थिए। ती समूहले कार्यकक्षभित्र विवाद गरिरहेकै बेला नेकपा माओवादीका कार्यकर्ता पनि त्यहाँ पुगेपछि झडपको स्थिति सिर्जना भएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार, इलाका प्रहरी र सशस्त्र प्रहरी समयमै नपुगेको भए दुवै समूहबीच भिडन्त निश्चित थियो। घटनाको प्रत्यक्ष प्रसारण युट्युब र फेसबुकमा भएका कारण नगरपालिका परिसरमा ठूलो भिडसमेत लागेको थियो।

नेकपा माओवादी नगर अध्यक्ष उद्धव लिम्बुका अनुसार, मेयर समर्थक समूह स्काभेटर र डोजरको चाबी माग्ने बहानामा उपमेयरको कार्यकक्षमा पुगेका थिए। उनले आरोप लगाए, “उनीहरूलाई मेयर साम्पाङले जानाजानी हुलदङ्गा गर्न पठाएका थिए, तर उपमेयरले शान्तिपूर्वक चाबीबारे जानकारी दिँदै परिस्थिति नियन्त्रणमा लिनुभयो।”

उपमेयर बेघाका अनुसार, डोजर र स्काभेटरको चाबी मेयर, उपमेयर र कार्यालय स्टोरमा समान रूपमा रहने प्रावधान छ। तर, मेयर पक्षले मनपरी प्रयोग गर्न थालेपछि आफूसँग भएको चाबी सुरक्षित राखिएको उनले बताए। “आज धरान–१० मा स्काभेटर प्रयोग गर्न चाबी माग्दै उनीहरू आए। मैले भनेँ, ‘मेयरसँग पनि चाबी छ, म मागेर दिन्छु’ भन्दै शान्त बनाउने प्रयास गरेँ,” उपमेयर बेघाले भने।

झडपको खबर पाएपछि माओवादी कार्यकर्ताहरू समेत नगरपालिका परिसरमा पुगेपछि स्थिति थप तनावग्रस्त बनेको थियो। दुबै पक्षले नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरी स्थिति नियन्त्रणमा लिएको हो।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka