Premier Cables
Premier Steel

अर्थ

धरान उपमहानगरले लामो समयपछि बजेट प्रक्रिया अघि बढायो

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र ०४, २०८२  | बिहान ७:२५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । धरान उपमहानगरपालिकाले लामो समयदेखि रोकिएको बजेट प्रक्रिया पुनः सुरु गरेको छ। आगामी आर्थिक वर्षका लागि उपमहानगरले २ अर्ब २० करोड रुपैयाँको बजेट तयार गर्ने तयारी गरेको छ।

उपमहानगरका प्रवक्ता तथा वडाध्यक्ष मनोज कुमार भट्टराईका अनुसार बजेटको स्रोत तथा सीमा निर्धारण समितिले बजेटको सीमा तय गरी वडाहरूमा पठाइसकेको छ। उपमहानगरका २० वटा वडाहरूका लागि कुल २१ करोड रुपैयाँको सीमा तोकिएको छ।

बिज्ञापन

वडाहरूलाई आफ्नो योजना यस शुक्रबारसम्म टुंग्याउने समयसीमा दिइएको छ। योजनाहरू आएपछि कार्यपालिका बैठक बस्ने र त्यसपछी नगरसभाबाट बजेट पारित गरिने छ, भट्टराईले बताए।

यद्यपि बजेटको स्रोत अनुमान तथा सीमा निर्धारण समितिमा नेकपा (एमाले) ले असहमति जनाएको थियो। तर बहुमतको आधारमा सीमा पारित गरी वडाहरूमा पठाइएको हो। धरान उपमहानगरमा एमालेको बहुमत भए पनि स्रोत अनुमान समितिमा मेयर हर्क साम्पाङ, नेपाली कांग्रेस र माओवादीको समर्थन हुँदा बहुमत जुटेको थियो।

वडास्तरको योजना छनोट प्रक्रिया सकिएलगत्तै आगामी आइतबार र सोमबार कार्यपालिका बैठक बसेर नगरसभा बोलाउने तयारी रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa