Premier Cables
Premier Steel

समाचार

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षामा गार्डसँग ८० हजार र उत्तरपुस्तिका फेला, तर पक्राउ परेनन्

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०४, २०८२  | बिहान ९:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत सञ्चालित इन्जिनियरिङ संकाय (पुसेट), विराटनगर–३ पोखरियामा परीक्षा ड्युटीमा खटिएका एक कर्मचारी नगद ८० हजार रुपैयाँ र दुई थान उत्तरपुस्तिका सहित फेला परेका छन्। तर, उनलाई पक्राउ नगरी प्रहरीले मुचुल्का तयार पारेर छाडेको छ।

मंगलबार दिउँसो स्कुटीको डिक्कीमा नगद र उत्तरपुस्तिका भेटिएपछि उक्त कर्मचारी मनिष यादवमाथि प्रश्न उठेको हो। यादव पुसेट कलेजमा ज्यालादारी गार्डको रूपमा कार्यरत छन्। प्रत्यक्षदर्शीका अनुसार उनी परीक्षा चलिरहेका बेला स्कुटी लिएर नियमित बाहिर निस्किने र करिब डेढ घण्टामा फर्किने गरेका थिए। उनको गतिविधिप्रति शंका लागेपछि केही कर्मचारीले प्रहरीलाई जानकारी दिएका थिए।

बिज्ञापन

प्रहरीले स्कुटी जाँच गर्दा दुईवटा खाली उत्तरपुस्तिका र ८० हजार नगद फेला पारेको थियो। तर, विश्वविद्यालयको परीक्षा कार्यालयबाट उच्च तहबाट फोन आएपछि प्रहरीले यादवलाई नियन्त्रणमा नलिएर केवल प्रमाण मुचुल्का तयार गरेर छाडेको हो।

मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमोरियाका अनुसार उत्तरपुस्तिकामा लेखिएको नभएकाले अपराध पुष्टि नभएको र त्यसैले पक्राउ नगरेको बताए। ‘अपराध पुष्टि नभएसम्म पक्राउ गर्न मिल्दैन, घटनाको छानबिन विश्वविद्यालयले गर्ने भनिएको छ,’ चिमोरियाले स्पष्ट पारे।

विश्वविद्यालय स्रोतका अनुसार यादव उत्तरपुस्तिका बाहिर लगेर कसैलाई लेखाएर पुनः साट्ने प्रक्रियामा संलग्न हुनसक्ने आशंका गरिएको छ। यसमा अन्य कर्मचारीको समेत संलग्नता हुनसक्ने बताइएको छ। यसबारे विश्वविद्यालयका परीक्षा नियन्त्रक वालेन्दु हमाल ठकुरीसँग सम्पर्क गर्न प्रयास गरिएको भए पनि सम्भव भएको छैन।
नयाँ पत्रिकाबाट

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka