Premier Cables
Premier Steel

शिक्षा

पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघ सभापतिमा नरेश कुमार साह निर्वाचित

Calendar बिहिबार, पुष १७, २०८२  | साँझ ७:३६ बजे

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघको सभापतिमा नरेश कुमार साह निर्वाचित भएका छन् ।

विहीवार भएको निर्वाचनमा साह ४५ मत प्राप्त गरि निर्वाचित हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नविन लामिछानेले ४४ मत प्राप्त गरेका छन् ।

बिज्ञापन

त्यस्तै भुपेन्द्र बाह्रकोटीले २९ र डाक्टर निरज मिश्रले १५ मत प्राप्त गर्नु भएको छ । त्यस्तै उपसभापतिमा दृष्टि वस्ती विजयी भए । ५३ मत ल्याएर वस्ती विजयी हुनु भएको हो । उनका निकटतम प्रतिद्वन्दी जीवन थापाले ४६ र शंकर प्रसाद भण्डारीले ३४ मत प्राप्त गरे ।

त्यसैगरी, महासचिवमा डाक्टर प्रशन्न दाहाल ८६ मत ल्याएर विजयी हुनुभयो । उनका प्रतिद्वन्दी दुर्गा प्रसाद बाँस्कोटाले ४७ मत प्राप्त गरे । ७३ मत ल्याएर सचिवमा पुकार चौधरी विजयी भए । निकटतम प्रतिद्वन्दी दिक्षा पौडेलले ६० मत प्राप्त गरे । कोषाध्यक्षमा भने प्रमलिा सिन्हा विजयी भइन् ।

उनले ६९ मत प्राप्त गरिन् । निकटतम प्रतिद्वन्दी अविनाश कुमार मण्डलले ६३ मत प्राप्त गरे ।

आठ जना केन्द्रीय सदस्य भने यसअघि नै निर्वाचित भइसकेका छन् । खुल्ला सदस्यमा रोहित शर्मा र भोला नाथ लुुईंटेल निर्विरोध भए । त्यस्तै, महिला सदस्यमा अस्मिता श्रेष्ठ, ईञ्जिनियरिङ क्याम्पसबाट जगरनाथ साह, कृषि तथा वन विज्ञान क्याम्पसबाट मदन बहादुर थापा निर्विरोध निर्वाचित भए ।

त्यसैगरी, विज्ञान तथा प्रविधि क्याम्पसबाट राकेश ठाकुर, मेडिकल क्याम्पसबाट सुशिल रेग्मी, शिक्षण अस्पतालबाट राकेश कुमार अधिकारी, व्यवस्थापन क्याम्पसबाट प्रदिप के.सी. र जनता आदर्श बहुमुखी क्याम्पसबाट मनोज कुमार मेहता निर्विरोध निर्वाचित भएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka