Premier Cables
Premier Steel

समाचार

पियू प्राध्यापक संघ: इकाईमा पदभार, केन्द्रको निर्वाचन पुस १७ गते

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष १४, २०८२  | अपराह्न ३:२८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय प्राध्यापक संघअन्तर्गत विभिन्न क्याम्पसका इकाई पदाधिकारी तथा सदस्यहरूले पदभार ग्रहण गरेका छन्। स्कूल अफ साइन्स एण्ड टेक्नोलोजी, स्कूल अफ म्यानेजमेन्ट र स्कूल अफ इन्जिनियरिङका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले सोमबार पद तथा गोपनीयताको सपथ लिएर कार्यभार सम्हालेका हुन्।

निर्वाचन समिति संयोजक मनोज कुमार हलुवाईले पद तथा गोपनीयताको सपथ गराउँदै पदभार ग्रहण गराएका थिए।

बिज्ञापन

स्कूल अफ साइन्स एण्ड टेक्नोलोजी इकाईमा सभापति राखी बर्मा र सचिव अनिल कुमार यादव, स्कूल अफ म्यानेजमेन्ट इकाईमा सभापति राजेश कुमार अग्रवाल, सचिव सुष्मा खरेल र सदस्य नीलम भट्टराईले सपथ लिए। त्यसैगरी, स्कूल अफ इन्जिनियरिङ इकाईमा सभापति मोहम्मद जैद, सचिव रवि धिमाल, कोषाध्यक्ष इन्जिनियर सन्तोष साह तथा सदस्यद्वय सुमन भट्टराई र प्रवेश दाहालले पदभार ग्रहण गरे।

अन्य क्याम्पसका इकाई पदाधिकारी तथा सदस्यहरूको पदभार ग्रहण कार्यक्रम बुधबार आयोजना गरिने संयोजक हलुवाईले जानकारी दिएका छन्।

यसैबीच, स्कूल अफ हेल्थ साइन्सेज इकाईमा सभापति नमु कोइराला, सचिव नविन थापा मगर, कोषाध्यक्ष सरिता खतिवडा तथा सदस्यद्वय कमल प्रसाद पराजुली र जमुना गौतम निर्वाचित भएका छन्। स्कूल अफ मेडिसिन एण्ड टिचिङ अस्पताल इकाईमा सभापतिमा डा. प्रभात चालिसे, उपसभापतिमा डा. दिक्षान्त पोखरेल, सचिवमा डा. शैलेश चौधरी तथा सदस्यद्वयमा डा. रोशना पौड्याल र डा. सुवेश कुमार शाह निर्वाचित भएका छन्।

जी.पी. कोइराला कलेज अफ एग्रिकल्चर एण्ड रिसर्च सेन्टर इकाईमा सभापति रवि आचार्य, सचिव मोहित नाथ, कोषाध्यक्ष स्वागत पौडेल तथा सदस्यद्वय निर्मल अधिकारी र अनिमेश खड्का निर्वाचित भएका छन्।

केन्द्रीय समितिको निर्वाचन पुस १७ गते

केन्द्रीय समितिको निर्वाचन पुस १७ गते बिहीबार हुने निर्वाचन समिति संयोजक हलुवाईले जानकारी दिएका छन्। केन्द्रीय सभापतिमा नविन लामिछाने, डा. निरज कुमार मिश्र, नरेश कुमार साह र भुपेन्द्र बाह्रकोटीको उम्मेदवारी परेको छ। उपसभापतिमा शंकर प्रसाद दाहाल, दृष्टि वस्ती र जीवन थापाको उम्मेदवारी परेको छ, जहाँ निवर्तमान उपसभापति जीवन थापाले पुनः उम्मेदवारी दिएका छन्।

महासचिवमा दुर्गा प्रसाद वास्तोला र डा. प्रसन्न दाहाल, सचिवमा पुकार चौधरी र दिक्षा पौडेल तथा कोषाध्यक्षमा प्रमिला सिन्हा र अविनाश कुमार मण्डलबीच प्रतिस्पर्धा हुने भएको छ। खुल्ला सदस्यमा रोहित शर्मा र भोला नाथ लुइँटेलको उम्मेदवारी परेको छ।

यसैगरी, महिला सदस्यमा अस्मिता श्रेष्ठ, इन्जिनियरिङ क्याम्पसबाट जगरनाथ साह, कृषि तथा वन विज्ञान क्याम्पसबाट मदन बहादुर थापा, विज्ञान तथा प्रविधि क्याम्पसबाट राकेश ठाकुर, मेडिकल क्याम्पसबाट सुशिल रेग्मी, शिक्षण अस्पतालबाट राकेश कुमार अधिकारी, व्यवस्थापन क्याम्पसबाट प्रदीप के.सी. तथा जनता आदर्श बहुमुखी क्याम्पसबाट मनोज कुमार मेहतासहितका केन्द्रीय सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka