Premier Cables
Premier Steel

कोशी प्रदेश

हर्क साम्पाङका समर्थकले उपप्रमुख बेघामाथि हातपात प्रयास गरेपछि धरानमा लफडा !

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०२, २०८२  | राती ८:१४ बजे
Hamro Biratnagar Headlines

धरान । धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्र विक्रम बेघाले नगरप्रमुख हर्क साम्पाङका समर्थकहरूले आफूलाई हातपात गर्न खोजेको आरोप लगाएका छन्।

उनका अनुसार सोमबार दिउँसो २ बजे आर्थिक वर्ष २०८२/८३ को बजेट सीमा निर्धारणसम्बन्धी बैठकमा नगरप्रमुख साम्पाङलाई पनि आमन्त्रण गरिएको थियो, तर उनी उपस्थित भएनन्। बैठक चलिरहेको अवस्थामा करिब साढे ३ बजे साम्पाङले उपप्रमुख बेघालाई आफ्नो कार्यकक्षमा बोलाएको र त्यहाँ पुगेपछि योजनाबद्ध रूपमा समर्थकहरूले आफूमाथि आक्रमण गर्न खोजेको आरोप बेघाले लगाएका हुन्।

बिज्ञापन

‘कार्यकक्षमा पुग्दा साम्पाङका समर्थकहरूको भीड जम्मा भइसकेको थियो। केहीले हातपात गर्न खोजे, कसैले खुकुरी समेत बोकेको देखियो,’ उपप्रमुख बेघाले भने।

उनीमाथि आक्रमणको प्रयासको जड भने धरान–१६ मा निर्माणाधीन बहुभाषिक पाठशालाको अनियमितता भएको भन्दै उपप्रमुख बेघाले रकम निकासा नगर्न निर्देशन दिएको विषय हो। बेघाले भने, ‘नगरप्रमुख साम्पाङले श्रमदानका नाममा रकम निकासाका लागि प्रशासनिक दबाब दिएका थिए, तर मैले स्वीकृति नदिएपछि उनी आक्रोशित बने।’

उनको आरोप अनुसार, त्यसै रिसइबीका कारण साम्पाङले आफ्ना समर्थक श्रमदाताहरूलाई कार्यकक्षमा बोलाएर डर र धाकधम्की देखाउने प्रयास गरेका हुन्।

यस घटनाबारे माओवादी केन्द्र धरान नगर अध्यक्ष उद्धव लिम्बुले पनि प्रतिक्रिया दिएका छन्। उनले भने, ‘साम्पाङका समर्थकहरू खुकुरी लिएर कार्यकक्षमा प्रवेश गरे भन्ने रिपोर्ट आएको छ। यसमा आक्रमणको योजना भएको देखिन्छ।’

धरान उपमहानगरपालिकाका प्रवक्ता तथा वडा १७ का अध्यक्ष सूर्य बहादुर भट्टराईले निर्माणाधीन बहुभाषिक पाठशालामा साम्पाङका निकट समर्थकहरू मात्र संलग्न रहेको बताए। उनका अनुसार धरान–१४ का प्रसाद राई, सत्य घले, समीर तामाङलगायत साम्पाङ समर्थकहरू निर्माण संयोजक र समितिमा रहेका छन्।

उनकाे भनाइअनुसार, निर्माण समितिमा सम्बन्धित वडाध्यक्ष र स्थानीयको समावेश हुनुपर्ने प्रावधान विपरीत प्रमुखले आफ्ना समर्थकलाई मात्र संयोजक र ठेकदार बनाएका छन्।

उक्त घटनाले धरान उपमहानगरपालिकामा आन्तरिक विवाद गहिरिँदै गएको संकेत गरेको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka