Premier Cables
Premier Steel

अर्थ कोशी प्रदेश

मेयर-उपमेयर झगडाले धरान उपमहानगरले ल्याएन बजेट, हर्क साम्पाङकाे सर्वत्र आलाेचना !

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar मंगलबार, असार १०, २०८२  | साँझ ७:४६ बजे

धरान । स्थानीय तहले असार १० गतेभित्र नीति तथा कार्यक्रमसहितको बजेट सभामा प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता हुँदाहुँदै धरान उपमहानगरपालिकाले असफल भएको छ ।

मंगलबार कुनै पनि नीति तथा कार्यक्रम वा बजेट प्रस्तुति नभएपछि मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको कार्यपालिका गम्भीर आलोचनाको घेरामा परेको छ ।

बिज्ञापन

उपमेयर अइन्द्रविक्रम बेघा स्वयं बजेट तर्जुमा समितिका संयोजक भए पनि उनले मेयरको गैरजिम्मेवारीपनले गर्दा बजेट निर्माण प्रक्रिया नै नथलिएको बताएका छन् । उनका अनुसार, बजेट निर्माणको पहिलो चरणको काम अर्थात् ‘सीमा निर्धारण समितिको बैठक’समेत नबसेको हुँदा सम्पूर्ण प्रक्रिया अवरुद्ध भएको हो । “नगर प्रमुखकै लापरबाहीले समयमै बजेट बन्न सकेको छैन,” बेघाको आरोप छ ।

राजस्व परामर्श समितिको प्रतिवेदनसमेत मेयरले बेवास्ता गर्दै अलपत्र पारिएको छ । समितिले वैशाख ३१ मै १ अर्ब ६० करोड रुपैयाँ बराबरको बजेट ल्याउन सकिने प्रतिवेदन बुझाएको थियो तर त्यो कार्यान्वयनतर्फ कुनै चासो देखिएको छैन ।

यति मात्र होइन, मेयर साम्पाङले आइतबार कार्यपालिका बैठक आह्वान गरे पनि आवश्यक तयारी बिना बोलाइएको भन्दै उपमेयरसहित २८ जना कार्यपालिका सदस्यको असहमतिको कारण बैठक स्थगित गर्नुपरेको थियो । मेयरले अहिलेसम्म बजेट तर्जुमा समितिको बैठकसमेत आह्वान नगरेको स्पष्ट छ, जसले देखाउँछ कि नगरप्रमुख आफैंले कानुनी प्रक्रिया उपेक्षा गरिरहेका छन् ।

गम्भीर जिम्मेवारी बहन गर्नुको सट्टा, मेयर साम्पाङ सामाजिक सञ्जालमा समय खर्चेर उपमेयर र अन्य जनप्रतिनिधिमाथि व्यक्तिगत आक्षेप लगाउँदै बसेका छन् ।

काठमाडौं महानगरपालिकाजस्तै धरान उपमहानगरपालिकाले पनि कानुनी म्यादसम्म बजेट ल्याउन नसक्नुले जनप्रतिनिधिहरूको समन्वय अभाव, नेतृत्वको कमजोरी र स्थानीय सरकार सञ्चालन ऐनप्रति गम्भीर बेवास्ता झल्काउँछ ।

ऐनले तोकेको वैशाख १० भित्र स्रोत अनुमान तथा बजेट सीमा निर्धारण गरिसक्नुपर्ने, वैशाख १५ भित्र सम्बन्धित शाखामा जानकारी पुर्‍याइसक्नुपर्ने र असार १० भित्र कार्यपालिका हुँदै नगरसभामा बजेट पेस भइसक्नुपर्ने प्रावधान धरानमा कागजमै सिमित बनेको छ ।

स्थानीय तहको विकास र सेवा प्रवाहमा यस्ता लापरवाहीपूर्ण ढिलाइले गम्भीर असर पार्ने निश्चित छ । धरानवासीले आशा गरेका विकास योजनाहरू बजेट नआउँदासम्म अलपत्र पर्नु पर्ने अवस्था आएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka