Premier Cables
Premier Steel

कोशी प्रदेश

ग्यारेजमा राखिएका बसमा मध्यरातमा कसले गर्यो आगजनी ? चार बस जलेर खरानी

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, फाल्गुण २७, २०८२  | साँझ ७:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका–८ मा रहेको अटल ग्यारेजमा पार्किङ गरेर राखिएका ६ वटा बसमा गएराति आगलागी भएको छ। आगलागीका कारण चारवटा बस पूर्ण रूपमा जलेर नष्ट भएका छन् भने अन्य तीनवटामा आंशिक क्षति पुगेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार को.१ ख ६२७४, प्रदेश १–०१–००१ ख ४०३७ र बा.४ ख ५७५९ नम्बरका यात्रुवाहक बस पूर्ण रूपमा जलेका छन्। त्यस्तै को.१ ख ३८४७, बा.५ ख ५८१४ र बा.५ ख ५८०९ नम्बरका बसमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी तथा सूचना अधिकारी चन्द्र खड्काका अनुसार आगलागीबाट तीन बस पूर्ण रूपमा नष्ट भएका छन्।

बिज्ञापन

आगलागीको कारणबारे प्रहरीले अनुसन्धान थालेको छ। प्रारम्भिक अनुमानअनुसार विद्युतीय सर्टका कारण आगो लागेको हुनसक्ने बताइएको छ। घटनास्थलको सीसीटीभी फुटेज जाँच गर्दा कुनै व्यक्तिको शंकास्पद गतिविधि भने नदेखिएको प्रहरीले जनाएको छ।

फुटेजमा धरान–विराटनगर रुटमा चल्ने को.१ ख ६२७४ नम्बरको बसको इन्जिन बोनेटबाट आगो सुरु भएको देखिएको बताइएको छ। सोही बसबाट सल्किएको आगो नजिकै पार्क गरिएका अन्य बसमा फैलिँदा थप क्षति पुगेको हो।

यातायात व्यवसायी सरोज श्रेष्ठका अनुसार उक्त बस विराटनगरबाट अन्तिम ट्रिप पूरा गरेर राति करिब ९ बजेतिर ग्यारेजमा पार्क गरिएको थियो। चालक र सहचालक ग्यारेजबाट बाहिरिएपछि केही समयमै आगलागी सुरु भएको उनले बताए। प्रहरीले घटनाको प्राविधिक पक्षबारे थप अनुसन्धान जारी राखेको छ भने आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa