Premier Cables

राजनीति

बालेन र सुनिता डंगोलबीच बोलचाल खुल्यो, कार्यपालिका बैठक बस्ने

Calendar बिहिबार, जेठ २९, २०८२  | अपराह्न १:१५ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता डंगोल बीच लामो समयपछि बुधबार भेटवार्ता भएको छ ।

केही वडाध्यक्षसहित भएको वार्तामा छिट्टै कार्यपालिका बैठक राख्न प्रारम्भिक सहमति भएको छ ।

बिज्ञापन

‘हिजो लामै बैठक भयो । उपप्रमुख पनि आफ्नो धेरै कुरा राख्नु भयो । प्रमुखले पनि केही कुरा राख्नुभयो । बजेटलाई लक्षित गरेर कार्यपालिका बैठक चाहिँ तत्काल राख्ने र अन्य विवादको विषय हल गर्दै जाने कुरो भएको छ । बैठक कहिलेको लागि भनेर निश्चित भएको छैन,’ महानगरका एक वडाध्यक्षले भने ।

कार्यपालिकाको लागि लक्षित बैठकमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई भने बोलाइएको थिएन । ‘जनप्रतिनिधिहरुको मात्रै बैठक भएको हो । उहाँलाई बोलाउन मेयर बालेन इच्छुक हुनुभएन । त्यही भएर खबर नभएको हो’, एक वडाध्यक्ष भन्छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो