Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

हैदराबादमा नेपाली युवतीको हत्या, प्रेमी पक्राउ

नोट: यो समाचार १० महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | अपराह्न ३:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतको तेलंगाना राज्यस्थित हैदराबादमा एक नेपाली युवतीको हत्या गरेको अभियोगमा उनका प्रेमी विजय तोप्पा पक्राउ परेका छन्। पक्राउ परेका विजय ३० वर्षका छन् भने मृतक ३३ वर्षीया तारा बोहरा बागलुङकी हुन्।

ताराको शव जुन ४ मा हैदराबाद नजिकै बचुपल्ली भन्ने आवासीय क्षेत्रमा झोलाभित्र फेला परेको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार, तारा र विजय ‘लिभ इन रिलेसनसिप’मा थिए। उनीहरू फेसबुकमार्फत चिनजान भएका थिए।

बिज्ञापन

तारा विवाहित थिइन् र दुई सन्तानकी आमा थिइन्। गत अप्रिल १५ मा उनी हैदराबाद गएकी थिइन् र विजयसँगै भाडामा बस्दै आएकी थिइन्।

प्रहरीका अनुसार, मे २३ मा ताराको गर्भावस्थाबारे विवाद हुँदा विजयले नाइलन धागोले घाँटी कसेर उनको हत्या गरेका थिए। हत्या पछि उनले शव ठूलो झोलामा हालेर सुनसान स्थानमा फ्यालेका थिए।

शव भेटिएपछि चौकीदारले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरी र फरेन्सिक टोली घटनास्थलमा पुगेपछि अनुसन्धान थालिएको थियो।

पाँच विशेष टोली गठन गरेर विजयको खोजी गरिएको थियो। सीसीटीभी फुटेज र प्राविधिक प्रमाणको आधारमा उनलाई मेड्चल जिल्लाबाट पक्राउ गरिएको हो। बयानमा विजयले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka