Premier Cables
Premier Steel

अपराध

मोरङमा व्यक्ति हत्या गरी भागे, ६ वर्षपछि ललितपुरमा पक्राउ परे

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | साँझ ४:४८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङमा भएको एक व्यक्तिको हत्या घटनामा संलग्न अभियुक्तलाई प्रहरीले ६ वर्षपछि ललितपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का २७ वर्षीय मेन दोर्जे तामाङ (उर्फ दोर्जे) हुन्। उनलाई ललितपुर महानगरपालिका–२२, बुङ्गमतीस्थित दिदीको घरमा लुकिरहेको अवस्थामा मंगलबार प्रहरीले पक्रिएको हो।

बिज्ञापन

पक्राउपश्चात ललितपुर प्रहरीले उनलाई बुधबार मोरङ पठाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई जिल्ला अदालतमा उपस्थित गराएको छ। तामाङविरुद्ध २०७६ सालमा कर्तव्य ज्यान अभियोगमा मुद्दा दायर गरिएको थियो, तर उनी फरार रहेकाले मुद्दा मुलतबी (स्थगित) गरिएको थियो।

२०७६ साल चैत ९ गते पथरीशनिश्चरेका दीपक लिम्बूको हत्या भएको थियो। त्यसयता फरार रहेका तामाङको खोजी गर्दै आएको प्रहरीले विशेष सूचनाका आधारमा इन्स्पेक्टर शशिधर शर्मा नेतृत्वको टोली खटाएर भैंसेपाटी प्रहरी प्रभागमार्फत पक्राउ गरेको हो।

प्रहरीका अनुसार तामाङले फरार भएपछि ठेगाना परिवर्तन गरी लुकिछिपि बस्दै आएका थिए। मानबहादुर लिम्बूको जाहेरीका आधारमा २०७७ साल वैशाख ३ गते पक्राउ पुर्जी जारी गरिएको थियो। अदालतले तामाङ पक्राउ परेपछि मुलतबी मुद्दा सक्रिय गर्दै प्रक्रिया अघि बढाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka