Premier Cables
Premier Steel

कोशी प्रदेश

उदयपुरमा युवक र किशोरीको शव फेला, प्रहरीद्वारा अनुसन्धान सुरु

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ०४, २०८२  | अपराह्न १२:०८ बजे
Hamro Biratnagar Headlines

विराटनगर ।‌ उदयपुर जिल्लाको चौण्डीगढी नगरपालिका–४, अमलचौरीमा एक युवक र एक किशोरीको शव फेला परेको छ।

इलाका प्रहरी कार्यालय बेल्टार चौण्डीगढीका प्रमुख प्रहरी निरीक्षक बबिन राईका अनुसार मृतकहरू अमलचौरीकै २८ वर्षीय रविन राई र १४ वर्षीया मञ्जु राई रहेका छन्।

बिज्ञापन

बुधबार बिहान मञ्जुको शव गाउँकै बाटोमा फेला परेको थियो भने करिब २ सय मिटरको दुरीमा रविनको शव रुखमा झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

स्थानीय बासिन्दाले बाटोमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनापछि जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दोङले दुईजनाको मृत्युबारे अनुसन्धान सुरु गरिएको जानकारी दिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka