Premier Cables
Premier Steel

खेलकुद

थ्रिलिङ म्याचमा साेमपालको सानदार प्रदर्शनपछि कर्णालीले विराटनगरलाई ४ विकेटले हरायो

Hamro Biratnagar News Channel Calendar बिहिबार, कार्तिक १२, २०८३  | राती ८:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले लगातार दोस्रो जित निकालेको छ ।

कर्णालीले विराटनगर किंग्सलाई ४ विकेटले हराएको हो । यसअघिको खेलमा कर्णालीले जनकपुरलाई १९ रनले हराएको थियो ।

विज्ञापन

विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

कप्तान सोमपाल कामीले शानदार इनिङ्स खेले । उनी ३२ बलमा ६२ रनमा नटआउट रहे । यस्तै, गुलशन झा २८ रनमा अविजित रहे । पवन सर्राफले ३६ तथा दीपक डुम्रेले २० रनको योगदान दिए ।

बलिङतर्फ विराटनगरका एन्जेलो म्याथ्युजले तीन तथा चरिथ असलंका, प्रतिश जिसी र सन्दीप लामिछानेले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १८६ रन जोड्यो ।

ओपनर लोकेश बमले आक्रामक पारी खेल्दै ८७ रनको योगदान दिए । ५२ बल खेलेका उनले ९ छक्का र ३ चौका प्रहार गरे ।

यस्तै, एन्जेलो डेभिस म्याथ्युज ३१ तथा आन्द्रे रसेलले २७ रन जोडे ।

सोमपालले चार विकेट लिए भने नन्दन यादव र मार्क वाटले एक–एक विकेट लिए ।

यसअघिको खेलमा विराटनगर चितवन राइनोजसँग ८ रनले पराजित भएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka