Premier Cables
Premier Steel

राष्ट्रिय

स्वास्थ्य अवस्था गम्भीर बनेपछि डा. गोविन्द केसीलाई काठमाडौं लग्ने तयारी

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक १६, २०८३  | बिहान १०:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । इलाममा २५औँ सत्याग्रहमा रहेका प्रा. डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लैजान लागिएको हो ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बसेका केसीको रगतमा ग्लुकोजको मात्रा घटेर ३६ मिलिग्राममा झरेपछि शनिबार राति इलाम अस्पताल भर्ना गरिएको थियो ।

विज्ञापन

अस्पतालका अनुसार टाइप–२ मधुमेहबाट पीडित केसीमा गम्भीर हाइपोग्लाइसेमियाको समस्या देखिएको छ । साथै, उनको मुटुको चालमा समेत गडबडी देखिएको चिकित्सकहरूले बताएका छन् ।

स्वास्थ्य अवस्था थप जोखिमपूर्ण बन्दै गएपछि इलाममै उपचार सम्भव नहुने निष्कर्षसहित उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान लागिएको हो ।

चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै डा. केसीले इलाममा आफ्नो २५औँ सत्याग्रह जारी राखेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka