Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा शंकास्पद वस्तु विस्फोट, ससुरा-बुहारी घाइते

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक १५, २०८३  | साँझ ४:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन् ।

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा आइतबार बिहान फोहोर सफा गर्ने क्रममा वस्तु विस्फोट भएको हो ।

विज्ञापन

प्रहरीका अनुसार बिहान करिब ११ः३० बजे भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका छन् ।

विस्फोटमा खातुनको दुवै हात र छातीमा सामान्य चोट लागेको छ भने अलीको बायाँ हात र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय रानीबाट प्रहरी वरिष्ठ नायब निरीक्षक रामप्रसाद शर्माको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । घाइते दुवैलाई उपचारका लागि स्थानीय जितु मेडिकल पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka