काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिङ्कसको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत हालसम्म नौ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन् ।
अभियानअन्तर्गत देशका विभिन्न स्थानका उपभोक्ताले यामाहाका मोटरसाइकल तथा स्कुटर जितेका हुन् । कम्पनीले कुल ३६ वटा मोटरसाइकल तथा स्कुटर र एउटा प्रोटोन कार पुरस्कार राखेको छ ।
हालसम्म सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन् । त्यस्तै, बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् ।
यसैगरी, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल हात पारेका छन् ।
पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेतामध्ये जनकपुरका कौटल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् । धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेतले यामाहा रे जेडआर स्कुटर जितेका छन् ।
अभियानमा १८ जनाले यामाहा एफजेड एफआई मोटरसाइकल र अन्य १८ जनाले यामाहा रे जेडआर स्कुटर जित्ने अवसर पाउनेछन् । त्यस्तै, एक जना भाग्यशाली उपभोक्ताले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्राप्त गर्नेछन् ।
कुल ३७ वटा सवारीसाधन पुरस्कार राखिएको अभियानमा अब २८ वटा मोटरसाइकल तथा स्कुटर र एउटा कारका विजेता घोषणा हुन बाँकी छन् ।
म्याक्स टाइगरले ‘हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह’ भन्ने नारासहित सञ्चालन गरेको अभियानमार्फत उपभोक्तालाई आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गरिरहेको जनाएको छ । आगामी चरणमा थप विजेता सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
