Premier Cables
Premier Steel

राजनीति

कांग्रेसको मुस्लिम सह-महामन्त्रीमा फिरदोश आलम निर्वाचित, सदस्यको पनि आयो परिणाम

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २९, २०८३  | अपराह्न ३:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. मो. फिरदोश आलम निर्वाचित भएका छन्। त्यस्तै, मुस्लिम खुला केन्द्रीय सदस्यमा डा. अताबुल मंसुरी, मो. इर्शाद अन्सारी र अब्दुल रज्जाक गद्दी निर्वाचित भएका छन्। मुस्लिम महिला केन्द्रीय सदस्यमा जमिला खातुन र सकिना खातुन विजयी भएका छन्।

सहमहामन्त्री (मुस्लिम) तर्फ आलमले ३ हजार ३४७ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी अब्दुल सत्तारले २ हजार ७२७ र अतहर कमाल मुसलमानले ५५७ मत प्राप्त गरेका छन्।

विज्ञापन

केन्द्रीय सदस्य (मुस्लिम खुला) तर्फ डा. अताबुल मंसुरीले ३ हजार ३१७ मत प्राप्त गरेका छन्। मो. इर्शाद अन्सारीले १ हजार ८६३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।

त्यस्तै, अब्दुल रज्जाक गद्दी पनि निर्वाचित भएका छन्। उनले १७११ मत पाएका छन् ।

मुस्लिम खुलातर्फ ईश्तियाक अहमद खाँले १ हजार ५४४, जमिल अख्तर आजादले १ हजार ४५२, जम्सेर अलिमियाले १ हजार २०३, छोटे मियाँ अन्सारीले ९२५ र महमद जवारदिन मिया (मुन्ना) ले ८१५ मत प्राप्त गरेका छन्।

त्यस्तै, मो. मुकिम खानले ६९३, सहरम राउत गदीले ६७९, सलाउ दिन मियाँले ६७५, रहमतुल्ला मियाले ५६३, आवेद हुसेनले ७२२ र मोहम्मद अकरमले ४५२ मत प्राप्त गरेका छन्। सामुहम्मद मियाले ६३० मत प्राप्त गरेका छन् ।

मुस्लिम महिला केन्द्रीय सदस्यतर्फ जमिला खातुन २ हजार ८३५ मतसहित निर्वाचित भएकी छन्। सकिना खातुनले २ हजार ११६ मत प्राप्त गर्दै अर्को पदमा जित हासिल गरेकी छन्।

महिला सदस्यतर्फ यासिबा रहमानले १ हजार ८२७, जमिला मियाँले १ हजार ७१८, जन्नतुन निसा धुनियाले १ हजार ६३ र नजबुल खानले ६९८ मत प्राप्त गरेका छन्।
यससँगै कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मुस्लिमतर्फ सहमहामन्त्री र केन्द्रीय सदस्यका विभिन्न पदको परिणाम सार्वजनिक भएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka