Premier Cables
Premier Steel

विराटनगर

मैथिली लोकगीत संरक्षणका लागि विराटनगरमा ‘गीत–नादः मैथिली लोकगीत प्रतियोगिता’ आयोजना हुने

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २०, २०८३  | साँझ ६:४० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मैथिली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय मैथिली विकास अभियानले ‘गीत–नादः मैथिली लोकगीत प्रतियोगिता’ आयोजना गर्ने भएको छ। बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा अभियानका अध्यक्ष नवीन कर्ण ले प्रतियोगिताबारे जानकारी दिएका हुन्।

अध्यक्ष कर्णका अनुसार विसं २०५० मा स्थापना भएको मैथिली विकास अभियानले स्थापनाकालदेखि नै मैथिली भाषा, कला र संस्कृतिको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। हालै सम्पन्न नवमी विराटनगर दीपोत्सव तथा साताव्यापी सांस्कृतिक यात्राजस्ता कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पारेको उनले बताए।

बिज्ञापन

उनले मैथिल महिलाहरूले समूहमा गाउने परम्परागत लोकगीतहरू मिथिलाको संस्कार, संस्कृति र पहिचानका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै आधुनिकताको प्रभावका कारण यस्ता गीतहरू क्रमशः लोप हुने अवस्थामा पुगेको बताए। प्रतियोगितामार्फत लोकगीतको संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्य रहेको उनको भनाइ छ।

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुने समूहमा कम्तीमा २ र बढीमा ५  जना सदस्य हुनुपर्नेछ। सहभागी समूहले संस्कार, माङ्गलिक तथा सामाजिक विषयवस्तुमा आधारित मैथिली लोकगीत प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, कार्यक्रममा सामाजिक सञ्जालमा भाइरल वा लोकप्रिय बनेका गीतहरूलाई प्रतियोगितामा समावेश नगरिने जनाइएको छ। 

आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन इच्छुक समूहले आवेदन फारम भर्नुपर्नेछ। आवेदन फारम मैथिली विकास अभियानको कार्यालय, विराटनगर–२, तीनपैनी चोकमा रहेको छ। आवेदन फारम २०८३ जेठ २२ गते अपरान्ह सम्म बुझाइसक्नुपर्ने  आयोजक जनाइएको छ। प्रतियोगिताको अडिसन जेष्ठ २३ गते विराटनगर ११ मा अवस्थित सङम पार्टी प्यालेसमा हुने र फिनाले आरोहण गुरुकुलका जेष्ठ ३० गते हुने कर्णले बताए । विजयी प्रथम,दाेश्राे र तेस्रो हुने समुहलालाई नगद सहित पुरस्कृत गरिने आयाेजकले जनाएकाे छ

अभियानले प्रतियोगिताले मैथिली लोकगीतको संरक्षण, सांस्कृतिक चेतनाको अभिवृद्धि तथा मौलिक सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka