Premier Cables
Premier Steel

खेलकुद

सुदूरपश्चिम रोयल्सको पहिलो जित, दीपेन्द्रको अर्धशतक निर्णायक

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८३  | राती ९:१३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पहिलो जित दर्ता गरेको छ। बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा भएको खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गरेको हो।

पोखराले दिएको १४६ रनको लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो। यस जितसँगै सुदूरपश्चिमले प्रतियोगिताको अंकतालिकामा दुई अंक जोडेको छ।

विज्ञापन

लगातार दुवै संस्करणको उपविजेता बनेको सुदूरपश्चिमले यसअघि प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्ससँग सात विकेटको हार बेहोरेको थियो।

सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। उनले ३६ बलमा चार चौका र दुई छक्काको मद्दतले ५१ रन बनाउँदै अर्धशतकीय इनिङ खेले। त्यस्तै, इशान पाण्डेले ३७ रनको योगदान दिए।

ब्रान्डन म्याकमुलेनले २२ तथा ओपनर सैफ जैबले १६ रन बनाए। पावरप्लेमै ब्रान्डन र अर्का ओपनर विनोद भण्डारी आउट भएपछि दबाबमा परेको सुदूरपश्चिमलाई दीपेन्द्र र इशानको साझेदारीले खेलमा फर्काएको थियो। यी दुईले ६.३ ओभरदेखि १५.३ ओभरसम्म ७४ रनको महत्त्वपूर्ण साझेदारी गरे।

पोखराका बलर धनन्जय लक्ष्मण, मेहदी हसन र साकिब अल हसनले एक–एक विकेट लिए।

## पोखराले बनाएको थियो १४५ रन

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४५ रन बनाएको थियो।

पोखराका लागि अर्जुन घर्तीले सर्वाधिक ४० रन बनाए। उनले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे। ओपनर मेहदी हसनले ३२ रन जोड्दा कप्तान कुशल भुर्तेलले २१ रन बनाए।

त्यस्तै, साकिब अल हसनले १४ तथा धनन्जय लक्ष्मणले ११ रनको योगदान दिए।

सुदूरपश्चिमका बलर अनिल खरेलले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए। उनले तीन ओभरमा २३ रन खर्चिए। हेमन्त धामी, स्कट कुगेलेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट हात पारे।

पोखराले दिएको लक्ष्य सहजै पूरा गरेपछि सुदूरपश्चिमले प्रतियोगितामा आफ्नो जितको खाता खोलेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka