Premier Cables
Premier Steel

अपराध

लालजी गुप्ता हत्या प्रकरण: विराटनगरमा तीन आरोपित सार्वजनिक

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८३  | अपराह्न ३:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । तार चोरीको आरोप लगाएको रिसइबीमा विराटनगरका ६९ वर्षीय ब्याट्री व्यापारी लालजी प्रसाद गुप्ताको हत्या भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार पत्रकार सम्मेलन गरी हत्यामा संलग्न मुख्य अभियुक्तसहित तीन जनालाई सार्वजनिक गरेको हो ।

विज्ञापन

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलमले आफ्नै घरमा बोलाएर गुप्ताको टाउकोमा फलामको जीआई पाइपले प्रहार गरी हत्या गरेका थिए । आलम महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालन गर्दै आएका छन् ।

हत्यापछि शव व्यवस्थापन र ओसारपसारमा सहयोग गरेको आरोपमा प्रहरीले १३ वर्षीय एक भारतीय र १६ वर्षीय एक नेपाली नाबालकलाई पनि नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए ।

भारतको वाराणसी स्थायी घर भएका गुप्ता विगत चार दशकदेखि विराटनगरमा बस्दै आएका थिए । उनले धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए ।

कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजे पसलबाट निस्किएका गुप्ता त्यसपछि सम्पर्कविहीन भएका थिए । दुई दिनपछि कात्तिक ८ गते आइतबार बिहान सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलाको किनारमा उनको शव बेवारिसे अवस्थामा फेला परेको थियो ।

सामान्य विवादबाट हत्या

प्रहरी अनुसन्धानअनुसार गुप्ताको हत्या केही दिनअघिको तार चोरीसम्बन्धी विवादका कारण भएको हो । विराटनगर–६ स्थित माता इलेक्ट्रिक वर्क्सबाट पानी तान्ने मोटरको तार आलमले चोरी गरेको भन्दै गुप्ताले बजारमा कुरा फैलाइदिएका थिए ।

आफूलाई चोर भनेर हल्ला चलाएको भन्दै आलम गुप्तासँग आक्रोशित बनेका थिए । यही रिसइबी साँध्न उनले शुक्रबार दिउँसो गुप्तालाई आफ्नै घरमा बोलाएको प्रहरीको भनाइ छ ।

घरभित्रै दुई जनाबीच भनाभन भएपछि आलमले फलामको जीआई पाइपले गुप्ताको टाउकोमा प्रहार गरेका थिए । उक्त प्रहारबाट गुप्ताको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनापछि शव व्यवस्थापन र ओसारपसारमा अन्य दुई नाबालकले सहयोग गरेको आरोपमा उनीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka