Premier Cables
Premier Steel

खेलकुद

एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राई पाँच–पाँच लाख धरौटीमा रिहा

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८३  | साँझ ६:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई पाँच–पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

बुधबार ललितपुर जिल्ला अदालतमा बयान दिएपछि न्यायाधीश हरिसिंह धामीको इजलासले नेम्बाङ र राईलाई जनही पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

विज्ञापन

अदालतका सूचना अधिकारी टीकाध्वज कार्कीका अनुसार दुवैले अदालतको आदेशअनुसार धरौटी रकम बुझाइसकेका छन्।

खेल मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसका आधारमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो।

यसअघि नै कोषाध्यक्ष जोशी र लेखापाल पाण्डे धरौटीमा रिहा भइसकेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka