Premier Cables
Premier Steel

शिक्षा

एसईई २०८४ का लागि रजिस्ट्रेसन र परीक्षा आवेदन फारम खुल्यो, शुल्क कति?

Hamro Biratnagar News Channel Calendar बुधबार, कार्तिक १२, २०८३  | अपराह्न १:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८४ का लागि कक्षा ९ मा अध्ययनरत विद्यार्थीको रजिस्ट्रेसन तथा परीक्षा आवेदन फारम भर्ने सम्बन्धमा सूचना जारी गरेको छ ।

बोर्डका अनुसार शैक्षिक सत्र २०८३ मा कक्षा ९ मा नियमित अध्ययनरत विद्यार्थीले कात्तिक ९ गतेदेखि मङ्सिर १३ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्नुपर्नेछ । रजिस्ट्रेसनका लागि प्रतिविद्यार्थी ३०० रुपैयाँ राजस्व शुल्क तोकिएको छ ।

विज्ञापन

त्यस्तै, बोर्डले २०८४ सालमा सञ्चालन हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीका लागि परीक्षा आवेदन फारम भर्ने समयसीमा पनि निर्धारण गरेको छ ।

सूचनाअनुसार नियमित, खुला तथा प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थीले २०८३ कात्तिक १ गतेदेखि मङ्सिर ८ गतेसम्म परीक्षा आवेदन फारम भर्न सक्नेछन् । यसका लागि प्रतिविद्यार्थी ५०० रुपैयाँ परीक्षा दस्तुर बुझाउनुपर्नेछ ।

बोर्डले सम्बन्धित विद्यालयलाई निर्धारित समयभित्र विद्यार्थीको रजिस्ट्रेसन तथा परीक्षा आवेदन फारम भर्ने र भराउने व्यवस्था मिलाउन आग्रह गरेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka