Premier Cables
Premier Steel

विराटनगर

एनपीएलका लागि विराटनगर किङ्सले थप तीन कम्पनीसँग गर्‍यो सम्झौता

Hamro Biratnagar News Channel Calendar आइतबार, कार्तिक ०९, २०८३  | साँझ ५:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुनुअघि कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किङ्सले थप तीन कम्पनीसँग प्रायोजन सम्झौता गरेको छ ।

विराटनगर किङ्सले आइतबार विराटनगरमा प्रिमियर स्टिल, म्याजिक फुटवेयर र युनाइटेड अजोड इन्स्योरेन्ससँग सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

विज्ञापन

सम्झौतापत्रमा विराटनगर किङ्सका निर्देशक पारस लुनिया र सुयशराज प्याकुरेल तथा प्रिमियर स्टिलका निर्देशक अभिजित सिंह, म्याजिक फुटवेयरका निर्देशक नवीन पौदार र युनाइटेड अजोड इन्स्योरेन्सका कोशी प्रदेश प्रमुख केदारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

यसअघि विराटनगर किङ्सले स्टिम ड्रिङ्क, पीएलओ लुब्रिकेन्ट्स, हायात होटल, एभरेस्ट बैंक, बागमती प्लास्टिक र बाजेको सेकुवासँग प्रायोजन सम्झौता गरिसकेको छ । पछिल्लो सम्झौतासँगै टोलीले कुल नौवटा कम्पनीसँग सहकार्य गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा एनपीएलको तेस्रो संस्करण सोमबार, कात्तिक ९ गते (अक्टोबर २६) देखि काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुँदैछ । मंसिर ५ गते (नोभेम्बर २१) सम्म सञ्चालन हुने प्रतियोगितामा आठवटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

एनपीएलमा विराटनगर किङ्सले कोशी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाउनेछ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka