Premier Cables
Premier Steel

कोशी प्रदेश

सहकर्मीमाथि कार्यकक्षमै कुटपिट गर्ने इटहरीका इन्जिनियर पक्राउ

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८३  | अपराह्न १:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सहकर्मी महिला इन्जिनियरलाई कार्यकक्षमै कुटपिट गरेको आरोप लागेका इटहरी उपमहानगरपालिकाका इन्जिनियर भवेन्द्र चौधरी पक्राउ परेका छन् । घटनापछि फरार रहेका उनलाई प्रहरीले आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार लामो समयदेखि फरार रहेका चौधरीलाई इटहरीबाट पक्राउ गरिएको हो ।

विज्ञापन

उपमहानगरपालिकाको योजना शाखामा कार्यरत चौधरीमाथि गत भदौ २५ गते वडा नम्बर ९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीलाई कार्यकक्षमै कुटपिट गरेको आरोप छ ।

आर्थिक विषयमा आफ्नो नाम जोडिएपछि अधिकारीले विरोध जनाएकी थिइन् । सोही विषयलाई लिएर विवाद हुँदा काम गरिरहेकी अधिकारीमाथि चौधरीले कुटपिट गरेको आरोप लगाइएको छ ।

घटनापछि अधिकारीले भदौ २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा चौधरीविरुद्ध प्रमाणसहित किटानी जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा प्रहरीले असोज ५ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

पक्राउ पुर्जी जारी भएपछि फरार रहेका चौधरीको प्रहरीले खोजी गरिरहेको थियो । अन्ततः उनलाई आफन्तको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka