विराटनगर । विश्वलाई पोलियोमुक्त बनाउने सन्देशसहित विराटनगरमा रोटरी पिस र्याली निकालिएको छ । विश्व पोलियो दिवस–२०२६ को अवसरमा अक्टोबर २४ मा रोटरी क्लब अफ विराटनगर मिडटाउन, रोटरी क्लब अफ विराटनगर र रोटरी क्लब अफ डाउनटाउनको संयुक्त आयोजनामा र्याली निकालिएको हो ।
पोलियो रोगको जोखिम र रोकथामबारे सर्वसाधारणलाई सचेत गराउनुका साथै बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउन प्रेरित गर्ने उद्देश्यले र्याली आयोजना गरिएको आयोजकले जनाएको छ ।
रोटरी क्लबका अध्यक्ष विनोद बोहराले विश्वलाई पोलियोमुक्त बनाउने अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । उनले पोलियो उन्मूलनका लागि जनचेतना अभिवृद्धिसँगै सबैको सक्रिय सहभागिता महत्त्वपूर्ण हुनेमा जोड दिए ।
र्यालीमा रोटरी क्लबका प्रदीप अग्रवाल, राकेश दाहाल, प्रतिश अग्रवाल, विनोद शर्मा, रामकुमार श्रेष्ठ र नवीन भट्टराईलगायत सहभागी थिए ।
