Premier Cables
Premier Steel

अर्थ

इटहरीमा बजेट शुन्यता हटाउन मेयरद्वारा विषयगत समितिसँग छलफल सुरु

नोट: यो समाचार ७ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन २२, २०८२  | अपराह्न २:५९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकामा चालू आर्थिक वर्षको बजेट पारित हुन नसक्दा लामो समयदेखि उत्पन्न बजेट शून्यताको अवस्था अन्त्य गर्न नगर प्रमुख हेमकर्ण पौडेलले विषयगत समितिहरूसँग छलफल थालेका छन्।

गत असार १० गते उपप्रमुख सङ्गीता कुमारी चौधरीले आर्थिक वर्ष २०८२/८३ का लागि दुई अर्ब ५५ करोड २१ लाख रुपैयाँको अनुमानित बजेट नगर सभामा प्रस्तुत गरेकी थिइन्। तर, त्यसपछिका बैठकहरूमा प्रमुख र उपप्रमुखबीचको असहमतिका कारण बजेट पारित हुन सकेको थिएन।

बिज्ञापन

नगर प्रमुख पौडेल भारत भ्रमणमा गएपछि बजेटमाथि छलफल नै रोकिएको थियो। उनी फर्किएपछि पनि नगर सभा नियमित रूपमा बस्न सकेन। तर, बिहीबारदेखि प्रमुख पौडेलले विषयगत समितिसँग परामर्श थालेपछि बजेट प्रक्रिया अघि बढ्ने सम्भावना देखिएको छ।

उपप्रमुख चौधरीले प्रस्तुत गरेको बजेटमा चालुतर्फ १ अर्ब ४ करोड ११ लाख, पुँजीगततर्फ १ अर्ब ३० करोड १९ लाख र वित्तीय व्यवस्थातर्फ ९० लाख रुपैयाँ विनियोजन गरिएको छ। अघिल्लो वर्ष इटहरीले ३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँको बजेट ल्याएको थियो।

बजेट प्रक्रिया अवरुद्ध हुनुमा कार्यसूची र प्रक्रियागत त्रुटि मुख्य कारण भएको चौधरीको भनाइ छ। प्रमुख पौडेलले भने बजेट पारित गराउने प्रयासमा नेकपा एमाले इटहरीका नेताहरूले माग अनुसारको रकम नपाएको भन्दै बहुमतका आधारमा नगर सभा अवरुद्ध गराएको आरोप लगाएका छन्।

नेकपा एमाले इटहरीले पत्रकार सम्मेलन गरी नगरप्रमुखको गैरजिम्मेवार र असंवेदनशील कार्यशैलीले बजेट शून्यताको अवस्था ल्याएको आरोप लगाएको छ।

यद्यपि, पछिल्लो छलफलबाट विवाद सुल्झाउने र बजेट पारित गराउने पहल शुरू भएकाले इटहरी उपमहानगर अब बजेट गतिरोध हटाउने दिशामा अग्रसर देखिएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka