Premier Cables
Premier Steel

खेलकुद

एनपिएलमा रसेलले लिए पहिलो विकेट

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८३  | अपराह्न १:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा पहिलो विकेट लिएका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशलाामा टस जितेर फिल्डिङ रोजेको विराटनगर किंग्सका रसेलले चितवन राइनोजका डेविड मलानलाई क्याच आउट गर्दै पभेलियन फर्काएका हुन् ।

विज्ञापन

एनपीएलमा उनको यो डेब्यु खेल हो । उनले मलानलाई १२.२ ओभरमा टोलीका एञ्जेलो म्याथ्युजबाट क्याच गराएका हुन् । पभेलियन फर्किएका मलानले ७० रन जोडे ।

जारी खेलमा १२.२ ओभरको समाप्तिमा चितवनले तीन विकेटको क्षतिमा ९० रन बनाएको छ ।

त्यसअघि म्याथ्युजले चितवनका अर्जुन साउदलाई ११औँ ओभरको अन्तिम बलमा टोलीका कप्तान सन्दीप लामिछानेबाट क्याच आउट गराउँदै प्रतियोगितामा पहिलो विकेट लिएका थिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka