Premier Cables
Premier Steel

खेलकुद

एनपीएलमा पहिलो अर्धशतक डेविड मलानको नाममा, चितवनको राम्रो सुरुवात

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक ११, २०८३  | अपराह्न १:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पहिलो अर्धशतक प्रहार गर्ने ब्याटर चितवन राइनोजका ओपनर डेविड मलान बनेका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा विराटनगर किंग्सविरुद्धको खेलमा मलानले ४१ बलमा ५० रन पूरा गर्दै प्रतियोगिताको पहिलो अर्धशतक आफ्नो नाममा लेखाएका हुन् ।

विज्ञापन

अर्धशतक पूरा गर्ने क्रममा उनले पाँच चौका र तीन छक्का प्रहार गरे । मलानले अर्का ओपनर देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।

१०.२ ओभरको खेल सकिँदा चितवनले एक विकेट गुमाएर ७२ रन बनाएको थियो । मलानले अर्धशतक पूरा गर्दा अर्जुन साउद तीन रन बनाएर क्रिजमा थिए ।

विराटनगरविरुद्ध राम्रो सुरुवात गरेको चितवनले मलानको आक्रामक ब्याटिङमा ठूलो योगफल बनाउने लक्ष्य राखेको छ ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka