Premier Cables
Premier Steel

अर्थ विराटनगर

चाडपर्व लक्षित सुरक्षा योजना लागू, मोरङमा प्रहरी निगरानी बढाइने

Hamro Biratnagar News Channel Calendar बुधबार, असोज २८, २०८३  | बिहान १०:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । चाडपर्वका बेला बजारमा हुने भीडभाडलाई व्यवस्थित गर्दै शान्ति सुरक्षा कायम गर्न मोरङमा विशेष सुरक्षा योजना लागू गरिने भएको छ। यसै विषयमा सोमबार मोरङ उद्योग व्यापार संघमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटवालको उपस्थितिमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा संघका अध्यक्ष अनिलकुमार साहले चाडपर्वका समयमा चोरी, डकैती, अवैध गतिविधि तथा अन्य आपराधिक क्रियाकलाप बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था प्रभावकारी बनाउन प्रहरी प्रशासनसँग आग्रह गरे। उनले उपभोक्ता तथा व्यवसायीको सहजताका लागि रातिसम्म बजार खुला राख्न सक्ने वातावरण निर्माण गरी व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिए।

विज्ञापन

कार्यक्रममा प्रहरी उपरीक्षक कटवालले चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन जिल्लाभर विशेष सुरक्षा रणनीति लागू गरिएको जानकारी दिए। उनका अनुसार कोशी प्रदेशको राजधानी विराटनगरसहित जिल्लाका विभिन्न क्षेत्रमा ड्रोन प्रविधि, सादा पोसाकका प्रहरी तथा विशेष प्रहरी टोली परिचालन गरी निगरानी बढाइएको छ।

चाडपर्वका समयमा मादक पदार्थ सेवन (मापसे)का कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न विशेष अभियान सञ्चालन गरिने उनले बताए। साथै, जिल्लाका १० प्रमुख बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको जानकारी पनि उनले दिए।

प्रहरीले सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको जनाएको छ। कुनै शंकास्पद गतिविधि देखिएमा आपत्कालीन नम्बर १०० मा तत्काल जानकारी दिन प्रहरीले आग्रह गरेको छ। सूचना दिने व्यक्तिको पहिचान पूर्ण रूपमा गोप्य राखिने पनि प्रहरी उपरीक्षक कटवालले स्पष्ट पारे।

कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka