Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

भूकम्प गएपछि कराची जेलबाट २०० कैदी भागे

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २१, २०८२  | अपराह्न १२:२४ बजे
Hamro Biratnagar Headlines

कराची । पाकिस्तानको तटीय सहर कराचीस्थित एक जेलबाट भूकम्पका लगातार धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका छन्। सिन्ध प्रान्तका सूचना मन्त्री शर्जील इनाम मेमनका अनुसार कुल २१६ जना कैदी भागेका मध्ये ८७ जनालाई पुनः पक्राउ गरिसकिएको छ भने बाँकी अझै फरार छन्।

मेमनका अनुसार घटनाको क्रममा एक कैदीको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्, जसमा सुरक्षाकर्मीहरू पनि परेका छन्। उक्त घटना स्थानीय समयअनुसार बिहान करिब १स्३० बजे घटेको हो।

बिज्ञापन

“भूकम्पको कारण कैदीहरूमा त्रास फैलिएको थियो,” मेमनले भनेका छन्। घटनापछि प्रान्तीय सरकारले तुरुन्तै कारबाही गर्दै जेल सेवा प्रमुखलाई पदबाट हटाएको छ ।

पाकिस्तानका अधिकांश जेलहरू भीडभाड, अव्यवस्थित अवस्था, भ्रष्टाचार र मानवअधिकार उल्लङ्घनका घटनाका लागि बदनाम छन्। यस्तै न्यायिक प्रक्रिया ढिलो हुने समस्याले कैदीहरू लामो समय थुनामा बस्न बाध्य हुने अवस्था रहेको अधिकारकर्मीहरूको भनाइ छ।

सिन्ध मौसम विज्ञान कार्यालयका कार्यकारी प्रमुख आमिर हैदर लघारीले एएफपीलाई जानकारी दिँदै कराचीमा पछिल्ला तीन दिनमा २० भन्दा बढी भूकम्पका धक्का मापन गरिएको बताए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka