Premier Cables
Premier Steel

खेलकुद

युएईमाथि नेपालको रोमांचक जित

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २६, २०८२  | साँझ ७:५० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपालले यूएईविरुद्ध १ रनको रोमाञ्चक जित दर्ता गरेको छ।

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याउँदै यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रन मात्रै बनाउन सक्यो। यूएईका लागि अलिशान सराफुले अर्धशतक प्रहार गरे पनि टिमलाई जित दिलाउन सकेनन्। उनले ५८ रनको योगदान दिए भने ध्रुव पराशरले ३८ रन बनाए।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेटको क्षतिमा १४० रन बनाएको थियो।

आसिफले ४७ बलमा ५१ रन बनाए। त्यस्तै, कुशल भुर्तेलले २८ रन, कप्तान रोहित पौडेलले २० रन, र गुल्शन झाले ५ बलमा १४ रन जोडे।

नेपालले सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको थियो, तर त्यसपछि रनगति सुस्त हुँदा टोलीले स्कोरलाई दोब्बर पार्न सकेन।

यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले समान रूपमा १–१ विकेट लिए।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka