Premier Cables

समाचार

कोशी सरकारबाट मन्त्री फिर्ता बोलाउने कांग्रेसको निर्णय तत्काल टर्यो, केन्द्रको निर्देशन कुर्दै

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ३२, २०८३  | अपराह्न ३:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

​विराटनगर। कोशी प्रदेश सरकारको भविष्य र सहभागिताका विषयमा निर्णय लिन बसेको नेपाली कांग्रेस प्रदेशस्तरीय संयन्त्रको बैठक केन्द्रीय नेताहरूको आकस्मिक निर्देशनपछि तत्काल कुनै ठोस निर्णय नगरी सकिएको छ।

​नेकपा (एमाले) का नेता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको वर्तमान सरकारबाट कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउने गरी बोलाइएको उक्त बैठकमा केन्द्रको हस्तक्षेपपछि निर्णय प्रक्रिया रोकिएको हो। कांग्रेस कोशी प्रदेश सभापति तथा संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बसेको बैठकले अब आगामी कदमका लागि केन्द्रसँग समन्वय गर्ने जिम्मेवारी नेता थापा र केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद अमृत अर्याललाई सुम्पेको छ।

विज्ञापन

​एमालेसँगको सहकार्य टुङ्गियो, कांग्रेससामु तीन विकल्प
​बैठकको समापनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै दलका नेता उद्धव थापाले एमालेसँगको वर्तमान सहकार्य भने औपचारिक रूपमै टुङ्गिएको घोषणा गरे।

“एमालेसँगको सहकार्य समाप्त भएको छ। अब हामी आगामी रणनीति तय गर्न तीनवटा विकल्पमा छलफल गरिरहेका छौँ,” थापाले भने। उनका अनुसार कांग्रेससामु अझै पनि एमालेसँगै पुनः सहकार्यको प्रयास गर्ने, नेकपासँग मिलेर नयाँ समीकरण बनाउने वा सशक्त प्रतिपक्षमा बस्ने विकल्पहरू खुला छन्।

केन्द्रीय समितिको निर्णय पर्खिँदै
​संयन्त्रको बैठक चलिरहेकै समयमा केन्द्रबाट शीर्ष नेताहरूको फोन आएपछि मन्त्रीहरूलाई फिर्ता बोलाउने तत्कालीन निर्णय रोकिएको नेता थापाले स्पष्ट पारे। “केन्द्रका नेताहरूको टेलिफोन निर्देशनका कारण आज कुनै औपचारिक निर्णय हुन सकेन,” थापाले थपे, “अब केन्द्रीय समितिले यसबारे ठोस निर्णय गरेर पठाएपछि हामी पुनः बैठक बसेर आवश्यक कदम चाल्नेछौँ।”

उक्त महत्त्वपूर्ण बैठकमा कांग्रेस कोशी प्रदेशका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सहमहामन्त्री उमेश थापा, नेता तथा सांसदहरू अमृत अर्याल, गयानन्द मण्डल र मैयाँ श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

​वर्तमान कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसका तर्फबाट पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी र भौतिक पूर्वाधार राज्यमन्त्री शोभा चेम्जोङ सहभागी छन्। केन्द्रको अन्तिम निर्णय नआएसम्म यी मन्त्रीहरूको निरन्तरता कायमै रहने देखिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka